टर्यो अध्यादेशको डर, आगामी वर्षको बजेट संसद्बाटै आउने
काठमाडौँ । प्रमुख प्रतिपक्षी दलको विरोध चर्किँदै जाँदा अध्यादेशबाट बजेट आउने सम्भावना टरेको छ । सरकारले प्रमुख प्रतिपक्षी दललाई पेलेरै अघि बढ्ने नीति लिएसँगै अध्यादेशमार्फत बजेट आउने सम्भावना टरेको हो ।
आज बसेको प्रतिनिधिसभाको बैठकमा सरकार पक्षले प्रतिपक्षीलाई पेलेरै नीति तथा कार्यक्रम पारित गर्यो । यस्तै चालू वर्षको आर्थिक सर्वेक्षण समेत प्रस्तुत गर्यो । सरकारले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग छलफल जारी राख्दै संसद्मा पेलिरहेको छ ।
नीति तथा कार्यक्रम पारित भइसकेपछि सभामुख देवराज घिमिरेले मंगलबार (जेठ १५ गते) दिउँसो १ बजेलाई प्रतिनिधि र राष्ट्रियसभाको संयुक्त बैठक बोलाएका छन् । यससँगै प्रमुख प्रतिपक्षी दलसँग सम्झौता नभए पनि सरकारले पेलेरै आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्नेछ ।
सहकारी ठगी प्रकरणमा सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नुपर्ने माग राख्दै नेपाली कांग्रेसले निरन्तर संसद् अवरुद्ध गर्दै आइरहेको छ । कांग्रेस आफ्नो अडानबाट पछि नहट्ने सङ्केत बुझेपछि सरकारले प्रतिपक्षीलाई पेलेरै अघि बढ्ने नीति लिँदै जेठ १ गते राष्ट्रपतिद्वारा पेश नीति तथा कार्यक्रमको छलफल अघि बढाएको थियो ।
जसलाई आज पारित नै गर्यो । यसबिचमा कांग्रेसको अवरोधका कारणले नियमित संसद्बाट बजेट आउन नसक्ने अड्कलबाजी सुरु भइरहेको थियो । तर, जेठ १५ गतेलाई संसद् डाकिएपछि भने संसद्बाटै बजेट आउने निश्चित भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० वर्षभन्दा कम उमेरका मानिसमा क्यान्सर बढ्नुको कारण खराब निद्रा त होइन ?
-
१६ महिनामै फेयेनूर्डद्वारा मुख्य प्रशिक्षक भान पर्सी बर्खास्त
-
विश्वकपअघि क्रोएसियाको सुखद जित, कप्तान मोड्रिचको गोल
-
नर्वेसँग बराबरी खेल्दा मोरक्कोलाई दुई मुख्य खेलाडीको चोटको चिन्ता
-
फिलिपिन्समा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, एसियाका विभिन्न देशमा सुनामीको चेतावनी
-
राष्ट्रिय सभाका दुई समितिको बैठक आज बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण