सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय

फिल्म ‘सतीदेवी’  दोस्रो पोस्टर सार्वजनिक

सोमबार, १४ जेठ २०८१, ११ : ४८
सोमबार, १४ जेठ २०८१

काठमाडौँ । फिल्म ‘सतीदेवी’ आगामी साउन ४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको दोस्रो पोस्टर सार्वजनिक गरेको छ ।

पोष्टरमा फिल्मको शीर्ष भूमिकामा रहेकी अभिनेत्री मलिका महतले नवजात शिशुलाई स्तनपान गराइरहेकी छिन् । उनका आँखाबाट बलिन्द्र आँसु झरिरहेका छन् । केही अगाडि सार्वजनिक फिल्मको फष्टलुक्समा मलिकालाई कालो मोसो र जुत्ताको माला लगाएर गाउँलेहरूले लखेटी रहेका थिए, यसमा उनी रुँदै स्तनपान गराइराछिन् । 

यसले फिल्ममा उनी बच्चाकी आमाको भूमिकामा छिन् कि भनेर दर्शकमा कुतुहलता जगाएको छ । पोष्टरमा मलिकासँगै दुई बाल कलाकार हर्षिका वली र मन्जीला बाँनिया रोइरहेका छन् । हर्षिका हातमा चप्पल समातेर निकै बिछिप्त अवस्थामा छिन् भने बरर आँसु झारेकी मन्जिलाको हातमा सानो हाँगा छ । फैलिएको हाँगो माथि एउटा पुतली उड्दैछ । यसले छोरीहरू स्वतन्त्र उडान गर्न चाहन्छन् भन्ने सङ्केत गरेको अनुमान गर्न सकिन्छ । पोस्टरमा ‘छोरी पुजौँ छोरी बुझौँ यिनै संसार सारा’ उल्लेख समेत गरिएको छ । 

फिल्म लक्ष्मण सुवेदीले निर्देशन गरेका हुन् । फिल्मले महिला, दलित र अपहेलितको कथा भन्छ । बाबुछोरीको कथा समेत भन्ने फिल्मले समाजमा हुने छोराको चाहना, छोरीको महत्वलगायतको विषय समेत गहिरिएर देखाउने निर्देशक सुवेदी बताउँछन् ।

फिल्ममा मलिकाको अलवा सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोलाराज सापकोटा लगायतको अभिनय छ । गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुति रहेको फिल्मको निर्माता श्रीदेवी सुवेदी हुन् । फिल्मको लेखन, गीत, निर्माण समेत सुवेदीकै हो ।

निर्देशक, निर्माता सुवेदीले ‘सतीदेवी’ आफ्ना स्वर्गवासी आमा–बाको सम्झनामा समर्पित गरेका छन् । फिल्मले सौराहा दक्षिण एसियाली फिल्म फेष्टिबलमा सर्वोत्कृष्ट फिल्म, शिव रेग्मी सर्वोत्कृष्ट निर्देशक तथा तेस्रो नेपाल ग्रामीण फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट फिल्म, सर्वोत्कृष्ट स्क्रिप्ट र सर्वोत्कृष्ट अभिनेत्री जुरी मेन्सन अवार्ड जितेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप