पहिलोपटक बजेट ल्याउँदै अर्थमन्त्री पुन, कत्रो आकारको आउला ?
काठमाडौँ । दोस्रो पटक अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका अर्थमन्त्री वर्षमान पुनले आज पहिलोपटक बजेट ल्याउँदै छन् । दोस्रो पटक अर्थमन्त्रीको जिम्मेवारीमा रहे पनि पुनले ल्याउन लागेको यो पहिलो बजेट हो ।
यसअघि, १२ वर्षअघि पनि पुनले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । तर सो क्रममा उनले बजेट प्रस्तुत गर्न सकेका थिएनन् । बजेट बनाउँदा बनाउँदै छाड्नु परेको थियो । पुनले आज संवैधानिक व्यवस्थाअनुसार दिउँसो १ बजे बस्ने संसद्को संयुक्त बैठकमा बजेट पेस गर्नेछन् ।
आगामी आर्थिक वर्ष २०८१-८२ का लागि १९ खर्ब रुपैयाँभन्दा माथिको बजेट आउने अनुमान गरिएको छ । यद्यपि राष्ट्रिय योजना आयोगले सरकारलाई १८ खर्ब हाराहारीको बजेट ल्याउन सिलिङ तोकेको थियो । सुरुमा अर्थ मन्त्रालय योजना आयोगकै सिलिङमा बसेर काम गरिरहेको थियो ।
तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बजेटको आकार २० खर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएका थिए । उनले योजनाको आयोगले तोकेको सिलिङलाई पन्छाउँदै २० खर्बको बजेट ल्याउन निर्देशन दिएपछि अर्थ मन्त्रालय दबाबमा आएको थियो ।
योजनाको आयोगको सिलिङ र प्रधानमन्त्रीको निर्देशनलाई मध्यनजर गर्दै १९ खर्बभन्दा माथिको बजेट ल्याउने तयारीमा मन्त्रालय जुटको बताइएको छ । अर्थमन्त्री पुनले विभिन्न सार्वजनिक मञ्चमा पुग्दै आगामी वर्षको बजेट ‘पपुलिस्ट’ नभएर ‘रियालिस्टिक’ आउने बताइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० वर्षभन्दा कम उमेरका मानिसमा क्यान्सर बढ्नुको कारण खराब निद्रा त होइन ?
-
१६ महिनामै फेयेनूर्डद्वारा मुख्य प्रशिक्षक भान पर्सी बर्खास्त
-
विश्वकपअघि क्रोएसियाको सुखद जित, कप्तान मोड्रिचको गोल
-
नर्वेसँग बराबरी खेल्दा मोरक्कोलाई दुई मुख्य खेलाडीको चोटको चिन्ता
-
फिलिपिन्समा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, एसियाका विभिन्न देशमा सुनामीको चेतावनी
-
राष्ट्रिय सभाका दुई समितिको बैठक आज बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण