डा. रिजाललाई ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान’ प्रदान
काठमाडौँ । विशिष्ट गीतकार डा. भोला रिजाललाई ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान–२०८०’ प्रदान गरिएको छ । गीतकार सङ्घ नेपालले १५औँ स्थापना दिवसको अवसर पारेर सोमबार आयोजना गरेको ‘राष्ट्रिय स्रष्टा सम्मान एवं पुरस्कार वितरण कार्यक्रम– २०८०’ मा उक्त सम्मान प्रदान गरिएको हो । कार्यक्रममा संस्कृति, तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङले डा. रिजाललाई एक लाख ५१ हजार रुपैयाँ सहित माला र ताम्रपत्रद्वारा सम्मान अर्पण गरे ।
त्यसैगरी कार्यक्रममा मैथिली गीतकार अशोक दत्तलाई २५,२५२ नगद राशि सहित ‘विष्णु मनसरा मातृभाषा २०८०’ प्रदान गरियो । सोही समारोहमा अमेरिकामा कार्यरत पद्मा लिंखा मगरलाई १५ हजार राशिसहितको ‘वर्ष डायस्पोरा गीतकार सम्मान’ प्रदान गरियो ।
कार्यक्रममा ‘भैरवनाथ रिमाल (कदम) वर्ष गीत पुरस्कार पुरस्कार–२०८०’ मा छनौटमा परेका १० गीत मध्येबाट दुई गीत पुरस्कृत भए । मदनमाबो लिखित ‘आमा’ र विष्णु भण्डारी लिखित ‘चाहना हो तिमी मेरो’ पुरस्कृत भएका हुन् । माबो र भण्डारी जनही २८ हजार पाँच सय रुपैयाँसहित पुरस्कृत भएका हुन् । गीतकार संघमा आबद्ध सदस्यहरूले २०८० सालका लागि दर्ता भई छनौटमा परेका १० गीतबाट यी दुई गीत उत्कृष्ट भएका हुन् ।
छनौटमा मदन माबोको आमा, विष्णु भण्डारीको चाहना हो, डा.ओमकृष्ण प्रसाईंको पिता, ध्रुव खनालको रानी तालको, ज्ञान प्रसाद भट्टराईको माटोको माया, सियरा आचार्यको तिमीलाई, किसन सुवेदीको मुटु रेटियो, सबिता पोखरेलको एक चिम्टी सिन्दूर, डा.विष्णुमूर्ति भट्टराईको मुटुमै घाउ र शान्तिराम भट्टराईको नजरको वाण गीत रहेका थिए ।
यस वर्षको ‘जगतमर्दन थापा वर्ष गीत पुस्तक पुरस्कार–२०८०’ बाट दुई गीति पुस्तक पुरस्कृत भए । गीतकार पूर्णबहादुर साउद शिरिष लिखित ‘आधाआधी’ र जनक वाग्ले लिखित ‘मैना चरी कहाँ गई’ पुरस्कृत भएका हुन् । साउद र वाग्लेलाई जनही २८ हजार पाँच सय रुपैयाँसहित पुरस्कृत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण