अर्थमन्त्री पुनले बजेट भाषणअघि सुनाए गणतन्त्रपछिको उन्नति
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले बजेट भाषण गर्नुअघि गणतन्त्र आएपछि सरकारले गरेको विकासबारे जानकारी दिएका छन् । संसद्को संयुक्त बैठकमा बजेट भाषण गर्नुअघि गणतन्त्र आएपछि भएको विकासको नालीबेली सुनाएका हुन् ।
सरकारले प्रत्येक वर्ष गणतन्त्र दिवसका दिन अर्थात् जेठ १५ गते बजेट प्रस्तुत गर्दै आइरहेको छ । त्यस क्रममा उनले आर्थिक वर्ष ६४÷६५ मा कूल गार्हस्थ्य उत्पादन ८ खर्ब १५ अर्ब रहेको कूल गार्हस्थ्य उत्पादन चालू वर्षमा ५७ खर्ब ५ अर्ब पुग्ने अनुमान रहेको बताए ।
यस्तै प्रतिव्यक्ति आय ४९१ अमेरिकी डलरबाट बढेर १ हजार ४५६ पुगेको उनले बताए । विद्युत् उत्पादन ७०० मेगावाटबाट ३ हजार मेगावाटभन्दा बढी पुगेको बताए । यस्तै ५६ प्रतिशत जनसङ्ख्यामा विद्युत्को पहुँच पुगेकामा यति बेला ९८ प्रतिशत जनसङ्ख्यामा विद्युत्को पहुँच पुगेको उनले बताए ।
गणतन्त्र आउनुअघि ५ हजार ४०० किलोमिटर सडक मात्रै कालोपत्रे भएको थियो । जुन गणतन्त्र आइसकेपछिको अवधिमा १८ हजार ४०० किलोमिटरभन्दा बढी सडक कालोपत्रे भएको अर्थमन्त्रीको भनाई छ ।
६५ सालमा ६१ जिल्ला मात्रै सडक सञ्जालमा जोडिएका थिए । हाल सबै जिल्ला सडक सञ्जालमा जोडिएका छन् । यस्तै मुलुकमा १ लाख ५ हजार किलोमिटर सडक सञ्जाल छ । २०६५ सालमा वाणिज्य बैंकका ५९१ शाखा थिए । जुन, यति बेला ५ हजार ४२ वटा वाणिज्य बैंकका शाखा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० वर्षभन्दा कम उमेरका मानिसमा क्यान्सर बढ्नुको कारण खराब निद्रा त होइन ?
-
१६ महिनामै फेयेनूर्डद्वारा मुख्य प्रशिक्षक भान पर्सी बर्खास्त
-
विश्वकपअघि क्रोएसियाको सुखद जित, कप्तान मोड्रिचको गोल
-
नर्वेसँग बराबरी खेल्दा मोरक्कोलाई दुई मुख्य खेलाडीको चोटको चिन्ता
-
फिलिपिन्समा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, एसियाका विभिन्न देशमा सुनामीको चेतावनी
-
राष्ट्रिय सभाका दुई समितिको बैठक आज बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण