मधेसमा ४५० डिप बोरिङका लागि ३ अर्ब ४५ करोड विनियोजन
मङ्गलबार, १५ जेठ २०८१, १६ : १७
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै तराईका विभिन्न क्षेत्रमा सिँचाइ सेवाका लागि ३ अर्ब ४५ करोड रुपैयाँ विनियोजन गरेका छन् ।
मंगलबार संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्दै मन्त्री पुनले तराई मधेसका भूमिगत सिँचाइका लागि स्यालो तथा डिप ट्युबवेलबाट सिँचाइ सुविधा विस्तार गर्न ४५० डिप बोरिङ विस्तार गरी थप १५ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्न ३ अर्ब ४५ करोड विनियोजन गरेको बताए ।
नदी किनारका क्षेत्रमा सिँचाइका लागि २ अर्ब २२ करोड विनियोजन गरेको बताए ।
मध्य तराईका ५ जिल्लाका १ लाख २२ हजार हेक्टर जमिनमा भरपर्दो सिँचाइ सुविधा पुर्याउन सुनकोशी मरिन डाइभर्सनका संरचना बनाउन ३ अर्ब १२ करोड विनियोजन गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै
-
सोमबार कुन-कुन राशिलाई मिल्ला लाभ ? हेर्नुहोस् राशिफल
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण