प्रतिनिधि सभाबाट ‘लगानी सहजीकरण सम्बन्धी’ अध्यादेश बहुमतले स्वीकृत
मङ्गलबार, १५ जेठ २०८१, १९ : ०३
काठमाडौँ । प्रतिनिधि सभाले सरकारले ल्याएको ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१’ लाई बहुमतले स्वीकृत गरेको छ ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रस्तुत गरेको लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव सभामुखले निणर्याथ प्रस्तुत गरेका थिए ।
प्रेम सुवाल बाहेकका सांसदहरूले सो अध्यादेश स्वीकृत गरेका हुन । सांसद सुवालले संसद्ले काम गर्न सक्ने, कानुन बनाउन सक्षम रहेको अवस्थामा सदन बन्द गरी सरकारले अध्यादेश ल्याउने काम ठिक नभएको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
-
बालुवामा पुरिएर मजदुरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण