नेप्सेमा १९.८९ अंकको गिरावट, ४ अर्ब २१ करोडको कारोबार
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन पनि सेयर बजार परिसूचक (नेप्से) मा १९.८९ अंक गिरावट भएको छ । बजेटको भोलिपल्ट बुधबार २३ अंक माथिले घटेको नेप्से बिहीबार थप १९.८९ अंकले घट्दै २ हजार ६९.५३ बिन्दु झरेको हो ।
आज ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.९० अंकले घट्दै ३७०.१९ बिन्दुमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार ९८ लाख ६४ हजार ४८२ कित्ता सेयर किनबेच हुँदै ४ अर्ब २१ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज फाइनान्स, हाइड्रोपावर र म्यानु एण्ड प्रो समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी १० वटा उपसूचक ऋणात्मक भएका छन् । म्यानु एण्ड प्रो समूहको उपसूचक १.२३ प्रतिशतले बढ्दा हाइड्रोपावर समूहको उपसूचक ०.४९ प्रतिशतले र फाइनान्स समूह ०.१५ प्रतिशतले बढेको छ ।
आज तीन वटा कम्पनी नेपाल फाइनान्स, अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी र भगवती हाइड्रोपावर कम्पनीको सेयर मूल्य समान १० प्रतिशतले बढेको छ भने पोखरा फाइनान्सले १० प्रतिशतले मूल्य गुमाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण