साताको सेयर बजार : ६१ अंकले घट्यो परिसूचक
काठमाडौँ । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ६१.९५ अंकको गिरावट आएको छ । चारदिन मात्रै कारोबार भएको नेप्से परिसूचक तीन दिन घटेको थियो । साताको सोमबार भने परिसूचक बढ्यो ।
आइतबार २२.१४ अंकले घटेको परिसूचक सोमबार ३.८९ अंकले बढ्यो । यस्तै बुधवार २३.८१ र बिहीबार १९.८९ अंकले परिसूचक खुम्चियो । मंगलबार भने गणतन्त्र दिवस परेकाले कारोबार भएन । यो साता परिसूचक झन्डै ३ प्रतिशत घटेको हो ।
साताका चार कारोबार दिनमध्ये तीन कारोबार दिन नै उच्च अंकले घटेसँगै नेप्से परिसूचक २०६९ अंकमा आएर रोकिएको छ । यो साताको सुरुवातमा परिसूचक २१३१ अंकबाट सुरु भएको थियो ।
परिसूचकमा उच्च अंकको गिरावट आएपनि यो साताभर १७ अर्ब रुपैयाँ बराबरको कारोबार भयो । आइतबार ४ अर्ब ४२ करोडको कारोबार हुँदा सोमबार ३ अर्ब ८७ करोडको कारोबार भयो । यस्तै बुधबार ४ अर्ब ५१ करोड र बिहीबार ४ अर्ब १८ करोड रुपैयाँको कारोबार भएको थियो ।
परिसूचक घटेपछि नेप्सेको कूल बजार पुँजीकरण समेत घट्यो । यो साता बजार पुँजीकरण ३२ खर्ब ८१ अर्ब रुपैयाँ कायम भएको छ । जुन, गत सातामा ३३ खर्ब ७९ अर्ब रुपैयाँ थियो । यो ३ प्रतिशतको गिरावट हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण