एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक, कुन देशबाट कति ?
काठमाडौँ । सन् २०२४ को मे महिनामा मात्र ९० हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस महिना कूल ९० हजार २११ जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन् ।
सन् २०२३ को तुलनामा यस वर्ष पर्यटक आगमन १६.१० प्रतिशतले वृद्धि भएको हो । सन् २०२३ को मेमा ७७ हजार ७०३ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । प्रि–कोभिड भने यस्तो सङ्ख्या ७८ हजार ३२९ जना रहेको थियो ।
कुन देशबाट कति आए ?
सार्वजनिक रिपोर्टअनुसार यस महिना सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट ३८ हजार २८८ जना पर्यटक नेपाल भित्रिएका छन् । यो कूल आगमनको ४२.४४ प्रतिशतको हिस्सा हो ।
यस्तै, सोही अवधिमा अर्को छिमेकी मुलुक चीनबाट ८ हजार ३८१ जना पर्यटक नेपाल भित्रिएका छन् । यो कूल आगमनको ९.२९ प्रतिशत हो ।
एसियन महादीप अन्तर्गतका सार्क मुलुकहरूबाट ४३ हजार ८०३ जना पर्यटक आएका छन् भने अन्य दक्षिण एसियाली मुलुकहरूबाट १४ हजार ४२५ जना, युरोपेली मुलुकहरूबाट ११ हजार २१४ जना, सामुन्द्रिक मुलुकहरूबाट २ हजार ५१४ जना र अमेरिकी मुलुकहरूबाट ९ हजार ५४२ जना आएका छन् ।
यसै अवधिमा मध्यपूर्वी देशहरू इजरायल, टर्की लगायतका देशहरूबाट ७ हजार ७८३ जना पर्यटक नेपाल भित्रिएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण