‘पूर्ण बहादुरको सारङ्गी’मा विजय र बुद्धिको इन्ट्री
काठमाडौँ । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा कलाकारको रूपमा विजय बराल र बुद्धि तामाङ भित्रिएका छन् । निर्माण युनिटले सोमबार बराल र तामाङसँग सम्झौता गर्दै कलाकारको लाइनअप बलियो बनाएको हो ।
यसअघि फिल्मको मुख्य भूमिकाको लागि प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइली, विनोद न्यौपाने, भोलाराज सापकोटा र देशभक्त खनाल अनुबन्धित भएका थिए ।
फिल्म विनोद पौडेलले निर्माण गर्न लागेका हुन् । फिल्मको बालकलाकारमा जान्भि पौडेल र स्वायम् केसी रहेका छन् । सरोज पौडेलले निर्देशन गर्न लागेको फिल्म गन्धर्व परिवारको कथामा आधारित रहेर निर्माण हुन लागेको हो । फिल्मको अन्तर्राष्ट्रिय वितरण सेभेन सिज इन्टरटेनमेन्टले गर्दैछ ।
फिल्ममा विनोदलाई निर्माणमा प्याट्रिक सुवेदीको सहकार्य गर्दैछन् । रमेश चौलागाईं र हरि श्रेष्ठ फिल्मका कार्यकारी निर्माता हुन् । महेश दवाडीको पटकथा तथा संवाद रहेको फिल्ममा प्रशान्त सिवाकोटीको संगीत छ । फिल्मको प्रदर्शन मिति विं.सं.२०८२ सालभित्र भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण