पदाधिकारी मनोनयनका लागि बोलाइएको काँग्रेस बैठक स्थगित
काठमाडौँ । नेपाली काँग्रेसको निर्वाचित सदस्यहरुको बैठक २१ गते अपरान्ह २ः०० बजे बस्ने भएको छ ।
बैठक आज बिहान ८ः३० बजे बोलाइएको थियो । तर, त्यसलाई स्थगित गरेर नयाँ मितिमा बैठक बोलाइएको हो । नेता रामचन्द्र पौडेल पक्षधरले देउवाले सहमति नगरी बैठक बोलाएको भन्दै असन्तुष्टि जनाएपछि बैठक अन्तिम समयमा आएर स्थगित गरिएको बताइएकाे छ।
रिक्त रहेका पदाधिकारी मनोनयनका लागि सभापति शेर बहादुर देउवाले तयारी थालिरहँदा पाैडेल समूहले सहमतिमा मनाेनयन गरिनुपर्ने माग गर्दै अाएकाे छ ।
काँग्रेसमा उपसभापति, महामन्त्री र सह महामन्त्री पद रिक्त रहेको छ।
निर्वाचित केन्द्रिय सदस्यहरुबाट तीन जना पदाधिकारी हुने विधानमा उल्लेख छ। प्रस्ताव गरिएका तीन पदाधिकारिलाई निर्वाचित केन्द्रिय सदस्यको बैठकले अनुमोदन गर्नुपर्ने छ ।
सभापतिले उपसभापतिमा विमलेन्द्र निधि,महामन्त्रीमा पूर्ण बहादुर खड्का र सह महामन्त्रीमा डा प्रकाश शरण महतको नाम प्रस्ताव गर्ने बताइएको छ।
नेपाली काँग्रेसमा विलय भएको तत्कालीन फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई विधानले उपसभापति बन्नबाट रोकेको छ।
उपसभापतिमा देउवा समुहबाट गोपालमान श्रेष्ठ पनि आकांक्षी छन्। महामन्त्रीमा देउवा निकटकै मान बहादुर विश्वकर्मा र ज्ञानेन्द्र बहादुर कार्कीको पनि दाबी छ ।
महाधिवेशन सकिएको दुई महिनाभित्र मनोनयन गरिसक्नुपर्ने पदाधिकारी देउवाले २६ महिना पछि चयन गर्न लागेका हुन्। विधान विपरीत पदाधिकारी चयन गर्न लागिएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला समुहले बैठक प्रति आपत्ति जनाएका छन्। निर्वाचित केन्द्रीय सदस्यको बैठक अघि शीर्ष नेताहरु आन्तरिक तयारीका लागि अनौपचारिक बैठकमा जुटेका छन्।
निर्वाचित केन्द्रिय सदस्यहरुको बैठकबाट तीन जना मनोनित पदाधिकारीको प्रस्तावलाई पारित गर्नुपर्ने विधानमा उल्लेख छ।
निर्वाचित केन्द्रिय सदस्य संख्या ६४ जना छन्। निर्वाचित केन्द्रिय सदस्यमा देउवा पक्षका ४० सदस्य रहेको बताइएको छ । पदाधिकारी चयनको प्रस्ताव पारित गर्न देउवालाई पार्टीमा सुविधाजनक बहुमत रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण