शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

बनेपामा हिमाल तराई र अरनिको यातायातका कर्मचारीबिच झगडा, एकजना पक्राउ

बुधबार, २३ जेठ २०८१, ११ : ०५
बुधबार, २३ जेठ २०८१

काठमाडौँ । काभ्रेको बनेपामा हिमाल तराई र अरनिको यातायातका कर्मचारीबिच झगडा भएको छ । अरनिको यातायात सेवा प्रालिको बसलाई हिमाल तराई यातायात सेवा प्रालिका चालकले रोकेपछि विवाद सुरु भएको थियो ।

अरनिको यातायातका कर्मचारीले मुल सडकमा बस तेर्स्याएर चक्काजाम गरेसँगै डीएसपी लालध्वज सुवेदी नेतृत्वको टिम पुगेर सडक खुलाएका छन् ।  विवाद सुरु भएपछि हिमाल तराईका अध्यक्ष एक गाडी मान्छे लिएर बनेपा पुगेका हुन् ।

झडपमा संलग्न आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगा घर भएका ३० वर्षीय कुमार सुनुवार छन् । 

सडक जाम खुलेपछि अरनिको यातायातका चालकलाई कुटेको आरोपमाा सुनुवारलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपाका डीएसपी लालध्वज सुवेदीले रातोपाटीलाई बताए । उनी हिमाल तराईका कर्मचारी हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप