नागरिकता विहीनका विषयमा संवेदनशील छु : गृहमन्त्री लामिछाने
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकता विहीनहरूलाई कार्यविधि संशोधन गरेर भए पनि एक महिनाभित्र नागरिकता दिने बताएका छन् । गृह मन्त्रालयले आयोजना गरेको नागरिकता सम्बन्धी छलफलमा बोल्दै लामिछानेले भने–‘विद्यमान कानुनमा भएको अस्पष्टताका कारण पाउन नसकेकाहरूलाई एक महिनाभित्र कार्यविधि संशोधन गरेर भए पनि नागरिकता दिइन्छ ।’
कानुनले नागरिकता दिन नमिल्नेहरूलाई नागरिकता दिलाउन अझै समय लाग्ने उनले बताए । अनागरिक भएर बाँच्दा कस्तो हुन्छ भन्ने अनुभव आफूसँग रहेको उल्लेख गर्दै उनले भने– ‘त्यसैले म नागरिकता विहीनका विषयमा बढी संवेदनशील छु ।’
नागरिकता प्रदान गर्ने विषयमा कुनै उल्झन र अलमल भए फुकाउनुपर्ने उल्लेख गर्दै उनले भने– ‘राज्यले कानुनी आधार भएका कसैलाई पनि अनागरिक बनाउनुहुँदैन ।’
सञ्चारकर्मी रहँदा नागरिकताबिहीन धेरैको कथा थाहा पाएकाले पनि आफू यस विषयमा थप संवेदनशील रहेको उल्लेख गर्दै उनले भने– ‘मैले जति मानिस रोएको कसैले देखेको छैन । त्यही आँसुको भेलले मलाई राजनीतिमा ल्यायो, अब त्यो आँसु पुछ्न सकिन भने मलाई नै बगाएर लैजाने डर हुन्छ ।’
नागरिकता सम्बन्धी कार्यविधिको परिमार्जनको लागी छलफल आयोजना गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षा सकिएको एकहप्तामा नतिजा सार्वजनिक
-
उपत्यकामा ‘काग फ्लु’ को त्रास : के यो मानव स्वास्थ्यका लागि घातक छ ?
-
मेक्सिको सिटीमा ठुलो हुरीबतास: मेक्सिको र इक्वेडरबिचको विश्वकप खेल प्रभावित
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण