नेप्से परिसूचक १.९३ अङ्कले घट्यो
काठमाडौँ । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.९३ अङ्कले घटेको छ । यससँगै नेप्से परिसूचक २०७७.७८ बिन्दुमा आइपुगेको छ । यससँगै साताको कारोबारको ५ दिनमध्ये ३ दिन घटेर तथा २ दिन बढेर बजार बन्द भएको छ ।
यो साताको आइतबार र मंगलबार नेप्से परिसूचक बढेको थियो । यसबाहेक सोमबार, बुधबार र बिहीबार परिसूचक घट्यो । आज बिहीबार ०.०९ प्रतिशतले सूचक घट्दा १०१ कम्पनीको मूल्य बढेको छ । यस्तै १३५ वटा कम्पनीको सेयर मूल्य घट्दा ११ कम्पनीको सेयर मूल्य भने घटबढ भएको छैन ।
यस क्रममा २ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । इमर्जिङ नेपाल र मध्य सोलु हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत बढेको हो । यस्तै बुद्ध भूमि नेपाल हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।
आज माई खोला हाइड्रोपावरको सेयर मूल्य भने ६.४० प्रतिशतले घटेको छ । परिसूचकमा सामान्य गिरावट आउँदा ४ अर्ब ३८ करोड ८२ लाख रुपैयाँ बराबरको ८८ लाख १३ हजार कित्ता सेयर किनबेच भएको छ ।
आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सेयर सबैभन्दा धेरै किनबेच भएको छ । यो कम्पनीको १८ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस्तै आज कारोबार भएका १३ वटा समूहमध्ये ५ वटा समूहको सूचक बढेको छ ।
होटल र पर्यटन, जलविद्युत, हाइड्रोपावर, लगानी, लघुवित्त र व्यापार समूहको सूचक बढेको हो । यसबाहेक सबै समूहको सूचक घटेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण