बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

कामदार मागपत्र प्रमाणीकरण अब अनलाइनमार्फत

परराष्ट्रमन्त्री श्रेष्ठले गरे शुभारम्भ
बिहीबार, २४ जेठ २०८१, १६ : ०४
बिहीबार, २४ जेठ २०८१

काठमाडौँ । सरकारले वैदेशिक रोजगारी सम्बन्धी मागपत्र प्रमाणीकरण कार्य अब अनलाइनमार्फत गर्ने भएको छ । बिहीबार उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उक्त अनलाइनको शुभारम्भ गरेका छन् ।

कन्सुलर सेवा विभागले विदेशस्थित नेपाली नियोगहरूबाट हुँदै आएको वैदेशिक रोजगारी सम्बन्धी मागपत्र प्रमाणीकरणका लागि भौतिक रुपमा उपस्थित हुनुपर्ने अवस्थालाई कम गर्न अनलाइनबाट प्रमाणीकरण गर्ने प्रक्रिया नेपाली राजदूतावास अबुधाबीबाट सुरु गरिएको जनाएको छ ।  

परराष्ट्र मन्त्री श्रेष्ठले वैदेशिक रोजगार नेपालीको लागि अवसर र चुनौती दुवै रहेको भन्दै त्यसलाई थप सुरक्षित र व्यवस्थित बनाउन अनलाइन प्रणालीको शुभारम्भ गरेको बताए ।  

मागपत्र प्रमाणीकरण कार्य अनलाइनमार्फत भइरहेको बताउँदै उनले अन्य सेवा पनि अनलाइनमार्फत गर्नुपर्ने बताए । बिस्तारै अन्य देशबाट पनि अनलाइन प्रणाली सञ्चालन गरिने बताउँदै उनले अब सबै ठाउँमा अनलाइन प्रणाली लागू गरिने बताए ।

उनले भने, ‘अन्य राजदूतावास अनलाइन प्रणालीको व्यवस्था नहुँदा रोजगारदाता कम्पनीहरूले दूतावासमा धाउनुपर्ने, कागजातको आधिकारिता परीक्षण गर्न कठिनाइ हुने, कार्य प्रक्रिया पारदर्शी नहुने, धेरै समय र लागत लाग्ने जस्ता गुनासाहरू प्राप्त भइरहेको थियो ।’ वैदेशिक रोजगार विभागसँग समेत समन्वय गरी कन्सुलर सेवा विभागले निर्माण गरेको अनलाइन प्रमाणीकरण कार्यान्वयन भए पश्चात् रोजगारदाताहरूलाई सजिलो हुने अपेक्षा गरिएको उनले बताए ।

यस अनलाइनमार्फत कामदार माग गर्दा सम्बन्धित एजेन्सीहरूले अपलोड गरेका कागजात, प्रणालीमा प्रविष्ट गरेको विवरणहरू सबै सुरक्षित रहने बताउँदै परराष्ट्र मन्त्री श्रेष्ठले चाहेको बेला हेर्न सकिने पनि बताए ।

यो प्रणालीमार्फत वैदेशिक रोजगारीमा गएका कामदारहरु समस्यामा पर्ने सम्भावना कम हुने भन्दै उनले कुनै कामदार समस्यामा परेको खण्डमा रोजगारदाताको विवरण अनलाइनमार्फत तुरुन्तै फेला पारेर समस्या समाधान गर्न मद्दत पुग्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप