साताको सेयर बजार– परिसूचक सामान्य बढ्यो, २० अर्बमाथिको कारोबार
काठमाडौँ । यो साता नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से)मा ८.२५ अंकको वृद्धि आएको छ । सातामा पाँच कारोबार दिनमध्ये ३ दिन घट्दा २ दिन बढ्यो । यसक्रममा नेप्से परिसूचक ८ अंकभन्दा बढीले उकालो लागेको हो ।
यो साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १३.५१ अंकले बढेको थियो । यस्तै सोमबार ३.९७ अंकले घट्दा आउँदा मंगलबार पुनः परिसूचक ६.२२ अंकले बढ्यो । यसैगरी, बुधवार फेरि परिसूचक ५.५८ अंकले घट्यो भने बिहीबार पुनः १.९३ अंकले परिसूचक घटेको थियो ।
साताका पाँच कारोबार दिनमध्ये तीन कारोबार दिन परिसूचक घटे पनि न्यून अंकमा घट्यो । जसकारण दुई दिन मात्रै बढ्दा पनि समग्रमा ८.२५ अंकले परिसूचक बढेर बन्द भयो । यससँगै यो साता परिसूचक २०७७ अंकमा पुगेर रोकिएको छ ।
यो साता आइतबार ४ अर्ब २७ करोड रुपैयाँको कारोबार भएको थियो । यस्तै सोमबार ३ अर्ब ९७ करोड, मंगलबार ४ अर्ब २ करोड, बुधवार ३ अर्ब ९६ करोड र बिहीबार ४ अर्ब ३५ करोड रुपैयाँको कारोबार भएको थियो । यो साता समग्रमा २० अर्ब ५७ करोड रुपैयाँको कारोबार भयो ।
गत साताको चार कारोबार दिनमा १७ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो । त्यसक्रममा नेप्सेको चार कारोबार दिनमा झन्डै ६२ अंकले परिसूचक घटेको थियो । यो साता सामान्यरुपमा नेप्से परिसूचक बढेपछि पुँजीकरण ३२ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ । गत साता ३२ खर्ब ८६ अर्ब रुपैयाँ थियो । यो साता ८ अर्ब रुपैयाँले बढेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण