गीतकार चूडामणिलाई दीर्घसाधना सम्मान
काठमाडौँ । गीतकार चूडामणि देवकोटा ‘दीर्घ साधना सम्मान’बाट सम्मानित भएका छन् । ११ औँ म्युजिक खबर म्युजिक अवार्ड २०८०मा उनलाई नगद राशि ५१ हजार रुपैयाँसहित म्युजिक खबर दीर्घ साधना प्रदान गरिएको हो ।
पाँच दशकभन्दा लामो समय गीतसङ्गीत, साहित्यमा जीवन समर्पण गरेका उनको योगदानको सदर गर्दै यो सम्मान प्रदान गरिएको हो ।
कार्यक्रममा पप सम्राट् ओम विक्रम विष्टलाई म्युजिक खबर डायस्पोरा सङ्गीत, तीन दशक लामो समयदेखि गायन, सङ्गीत र सङ्गीत संयोजनको माध्यमले योगदान पुर्याउने अशोक कुमार राईलाई म्युजिक खबर रजत सङ्गीत सम्मान, लोकप्रिय गायक राजु परियार र लोकप्रिय गायिका रिता थापा मगरलाई म्युजिक खबर दशक सङ्गीत सम्मान प्रदान गरियो ।
त्यस्तै लोकप्रिय गायक, सर्जक वैकुण्ठ महतलाई म्युजिक खबर युवा प्रतिभा सङ्गीत सम्मान, बाल गायक अशोक दर्जीलाई म्युजिक खबर बालप्रतिभा प्रोत्साहन सम्मान, तीन दशक लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार डब्बु क्षत्री र सुदर्शन प्रसाद आचार्यलाई म्युजिक खबर सङ्गीत पत्रकारिता सम्मान ५ हजार ५५५ रुपैयाँसहित अर्पण गरियो ।
कार्यक्रममा विभिन्न ३८ विधाका स्रष्टा, सर्जक, कलाकारहरूलाई अवार्ड प्रदान गरिएको थियो । राष्ट्रिय, पप, आधुनिक, लोकदोहोरी, चलचित्र क्षेत्रका स्रष्टा कलाकारहरूको बीचमा अवार्ड सम्पन्न भएको थियो । कार्यक्रममा कर्ण दास, संगीता राना प्रधान, राजु गुरुङ, सन्जु न्यौपाने, राजनराज शिवाकोटी, सत्यकला राई लगायतले अवार्ड प्राप्त गरे ।
गीतकार राजेन्द्र थापा, गायिका तीर्थ कुमारी थापा, प्रतिष्ठित कवि तथा पूर्व मन्त्री एसपी कोइराला, पूर्वमुख्य सचिव विमल कोइराला, उपरथी डा.आशबहादुर तामाङ, वरिष्ठ निर्देशक गीतकार प्रकाश सायमी, प्रतिष्ठित अभिनेत्री भुवन चन्द, वसुन्धरा भुसाल र चैत्यदेवी सिंह लगायतले अवार्ड र पुरस्कार प्रदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण