मेगा ड्रिम सहकारीका उपाध्यक्ष र सीइओसहित ३ जना पक्राउ
काठमाडौँ । काठमाडौँको माछापोखरीमा मुख्य कार्यालय रहेको मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष र सीइओसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उपाध्यक्ष बासुदेव भट्ट, सचिव तथा सीइओ इन्द्र प्रसाद गेलाल र सदस्य शरद कुमार अधिकारी छन् ।
आरोपीहरूले सहकारीको २१ करोड २ लाख ८४ हजार रकम अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । आरोपीहरुबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान पुरा गरेर सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
मेगा ड्रिमका संचालकहरुविरुद्ध २१ करोड २ लाख ८४ हजार बिगो मागदावी लिनुपर्ने रायसहित सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
बागमती प्रदेशस्थित संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयले मेगा ड्रिमका सञ्चालकहरूलाई पक्राउ गरेर कानुनी कारबाही गर्न ४ मंसिर २०८० मा पत्राचार गरेको थियो ।
२०८० फागुन २९ मा प्रहरी वृत बौद्धमा जाहेरी दर्ता गरेर प्रहरीले अनुसन्धान थालेको थियो । सहकारीका अध्यक्ष महाशंकर रेग्मी, कोषाध्यक्ष रबिन कुमार कार्की, सदस्य शेखर बस्नेत, सदस्य राजकुमार श्रेष्ठ, पूर्व अध्यक्ष उमाकान्त न्यौपाने, सदस्य प्रकाश घिमिरे र सुभद्रा चौलागाई फरार छन् । प्रहरीले उनलाई फरार प्रतिवादी कायम गरेको छ ।
सहकारी सञ्चालकहरूविरुद्ध १६२ जना बचतकर्ताले जाहेरी दिएका छन् । माछापोखरीमा मुख्य कार्यालय भएको सो सहकारीले थानकोट, कालीमाटी, न्यूरोड, चाबहिल, जारेपाटी, गठ्ठाघर र चापागाउँ दोबोटोमा सेवा कार्यालय सञ्चालन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वदलीय बैठकमा कांग्रेसबाट आङ्देम्बे र खातुन सहभागी
-
सिन्धुलीको पर्यटन प्रवर्द्धनका लागि नागरिक स्तरबाट श्वेतपत्र जारी, सांसद गजुरेललाई बुझाइयो मागपत्र
-
रास्वपा रौतहटको जिल्ला अधिवेशन विवादमा, निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण