मधेस प्रदेशमा मन्त्रीमण्डल विस्तार, जनमतबाट दुई मन्त्री थपिए
वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले आज ‘क्याबिनेट’ विस्तार गरेका छन् । शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै १४ सदस्यीय मन्त्रिपरिष्द पुनर्गठन गरेका मुख्यमन्त्री सिंहले आज थप २ जनालाई मन्त्रीमा नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
मुख्यमन्त्री सिंहले एक जनालाई वन तथा वातावरण मन्त्री र एक जना विना विभागीय मन्त्रीमा समावेश गरेर मन्त्रीमण्डल विस्तार गरेका हुन् । मुख्यमन्त्री सिंहले जनमत पार्टीबाट सांसद त्रिभुवन साह वन तथा वातावरण र सकिल मियाँलाई बिना विभागीय मन्त्रीमा सिफारिस गरेका हुन् ।
मुख्यमन्त्री सिंहले सिफारिस गरेका दुवै जनालाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले संविधानको धारा १६८ को उपधारा (९) बमोजिम जिम्मेवारी र कार्य विभाजनसहित पुनर्गठन गरेकी हुन् ।
मुख्यमन्त्री सिंहले मन्त्रीमा सिफारिस भएका साह र मियाँले आजै शपथग्रहण गरिसकेका छन् । प्रदेश प्रमुख भण्डारीले दुबै जनालाई एक समारोहबिच शपथ खुवाएकी हुन् ।
सत्ता गठबन्धनमा भएको मन्त्रालय बाँडफाँटमा जनमतले मुख्यमन्त्री, एक मन्त्रालय र एक राज्यमन्त्री पाएको थियो । तर आज मुख्यमन्त्री सिंहले एक जनालाई बिना विभागीय मन्त्री थपेर २ जना मन्त्री नियुक्त गरेका छन् ।
जनमतका अध्यक्ष डा.सीके राउत अमेरिका भ्रमणबाट फर्केपछि साहलाई मन्त्री चयन गरिएको एक सांसदले बताए । योसँगै मधेस प्रदेशमा अब १६ सदस्यीय मन्त्रीमण्डल बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण