भूमे पर्वमा सार्वजनिक बिदा दिन माग
बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महरासँग मगर समुदायले भूमे पर्वको अवसरमा सार्वजनिक बिदाको माग गरेको छन् ।
मुख्यमन्त्री महरासँग मगर बाहुल्य क्षेत्र दाङ र प्युठानमा भूमे पर्वको अवसरमा सार्वजनिक बिदा दिनुपर्ने भन्दै नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति दाङले माग पत्र बुझाएको हो । मुख्यमन्त्री महराले मगर समुदायको माग प्रति आफू सकारात्मक रहेको र सार्वजनिक बिदाका लागि पहल गर्ने आश्वस्त दिए ।
सङ्घका उपाध्यक्ष खगेन्द्र पुन मगरको हस्ताक्षर रहेको पत्रमा असार १ देखि ३ गते सम्म भूमे पर्व मनाउनका लागि लुम्बिनी प्रदेश सरकारले सार्वजनिक बिदा दिनुपर्ने माग गरिएको छ ।
रोल्पा र रुकुममा विगत वर्षदेखि भूमे पर्वको अवसरमा असार १ गते सार्वजनिक बिदा दिने प्रचलन रहेकाले मगर बाहुल्य क्षेत्र दाङ र प्युठानमा पनि बिदा दिनुपर्ने नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति दाङको माग छ । आफ्नै कला , पहिचान, रहनसहन र मौलिक पहिचान बोकेको भूमे पर्वलाई रोल्पा, रुकुम, दाङ र प्यूठान लगायतका जिल्लामा विशेष पर्वको रूपमा मगर समुदायले मनाउने प्रचलन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङमा सशस्त्र प्रहरीको विपद् प्रतिकार्य अभ्यास
-
बारामा ९३ हजार मेट्रिकटन भन्दा बढी धान उत्पादन
-
कोशी प्रदेशमा २ अर्ब ८ करोडका ४ ठुला परियोजना स्वीकृत
-
कर्णालीको बजेट : नीति र विधिका गफ तर व्यवहारमा पहुँचवालाकै रजाइँ !
-
आलोचना भएपछि फुटपाथमा पार्किङ गरेको प्रहरीको भ्यानलाई जरिवाना
-
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक (लाइभ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण