कपिलवस्तुमा सवारी दुर्घटना : चालकको मृत्यु, सहचालक काठमाडौँ रिफर
मङ्गलबार, २९ जेठ २०८१, १० : २६
बुटवल । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका ४ झडुलामाईमा बस र पिक अप भ्यान आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।
काठमाडौँबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ख ०५२५ नम्बरको बस र लु १ च ९२८४ नम्बरको पिक अप भ्यान आपसमा ठोक्किँदा पिकअपका चालक कपिलवस्तुको शिवराज नगरपालिका घर भएका हिरालाल बढईको घटना स्थलमै मृत्यु भएको र अन्य ८ जना घाइते भएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक महेन्द्र विक्रम शाहीले घाइते मध्ये बसका सहचालक ४६ वर्षका प्रकाशकुमार थापालाई बुटवलबाट थप उपचारको लागि काठमाडौँ रिफर गरिएको रातोपाटीलाई बताए ।
उनले कालिकोटका असीम शाहीको बुटवलको चौराहा अस्पताल उपचार भइरहेको अन्य ६ जना पनि डिस्चार्ज भएको खुलाए । ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङमा सशस्त्र प्रहरीको विपद् प्रतिकार्य अभ्यास
-
बारामा ९३ हजार मेट्रिकटन भन्दा बढी धान उत्पादन
-
कोशी प्रदेशमा २ अर्ब ८ करोडका ४ ठुला परियोजना स्वीकृत
-
कर्णालीको बजेट : नीति र विधिका गफ तर व्यवहारमा पहुँचवालाकै रजाइँ !
-
आलोचना भएपछि फुटपाथमा पार्किङ गरेको प्रहरीको भ्यानलाई जरिवाना
-
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक (लाइभ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण