लुम्बिनीमा माओवादीले गर्यो जिल्ला संयोजक र इन्चार्जको जिम्मेवारी हेरफेर
बुटवल । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशले जिल्ला संयोजक र इन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ । माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जिल्लाका संयोजक र इन्चार्ज परिवर्तन गरिएको जानकारी दिए ।
उनका अनुसार नवलपरासी जिल्ला इन्चार्जको जिम्मेवारी विष्णु तिवारीलाई तोकिएको छ । यहाँ यसअघि घनश्याम यादव इन्चार्ज रहेका थिए । यस्तै रुपन्देही जिल्ला इन्चार्जको जिम्मेवारी वामदेव क्षेत्रीलाई तोकिएको छ । कपिलवस्तु इन्चार्ज रुद्र बन्जाडेलाई बनाएको छ । कपिलवस्तुमा यसअघि कमल चुदाँली इन्चार्ज रहेका थिए ।
यस्तै पाल्पाको इन्चार्ज नेत्र पाण्डेयलाई बनाएको छ भने गुल्मी इन्चार्जमा सृजना तराजु र संयोजक तेजेन्द्र समाली भएका छन् । यसअघि यहाँ इन्चार्ज वीर बहादुर कार्की र संयोजक युवराज केसी थिए ।
अर्घाखाँचीको इन्चार्ज ठाकुर विकलाई तोकिएको छ भने संयोजक राजेन्द्र भुसाललाई तोकिएको छ । दाङ संयोजकको जिम्मेवारी हरिराम पुनलाई दिएको छ । यहाँ यसअघि तुलसीराम पुन संयोजक थिए । प्युठानमा ज्ञान बहादुर केसीलाई संयोजक र नारायण सिंह अधिकारीलाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।
यस्तै रोल्पामा पूर्ण बहादुर केसीको ठाउँमा रेसम पुनलाई संयोजक बनाएको छ । बाँके इन्चार्जको जिम्मेवारी पूर्ण कुमार सुवेदीलाई दिएको छ ।रुकुम र बर्दिया पुरानालाई यथावत् राखिएको प्रदेश अध्यक्ष बरालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद् दलीय स्वार्थभन्दा माथि उठेर जनताको आवाज बन्नुपर्छ : राष्ट्रिय सभा अध्यक्ष दाहाल
-
जर्मनीमाथि ऐतिहासिक जितपछि पराग्वेका राष्ट्रपतिद्वारा सार्वजनिक बिदा घोषणा
-
भारतीय सुरक्षाकर्मीबाट पाएको दुःख सुनाउन काठमाडौं आइपुगे सुस्तावासी (तस्बिरहरु)
-
सडकपेटी आश्रित दृष्टिविहीन नागरिक ९ दिनदेखि प्रदर्शनमा (तस्बिरहरू)
-
अमेरिकासँग अन्तिम सम्झौताका लागि वार्ता अझै सुरु नभएको इरानको दाबी
-
विद्युत् सेवा नियमित गर्न जेनजी युवाको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण