ललितपुरबाट चोरीमा संलग्न आरोपमा ४ जना पक्राउ
काठमाडौँ । ललितपुरबाट प्रहरीले चोरीमा संलग्न आरोपमा चार जनालाई पक्राउ गरेको छ । चोरीमा संलग्न आरोप लागेका एकजना चाहिँ कारागारमा भेटिएका छन् ।
पक्राउ पर्नेमा भोजपुर घर भएका सीताराम लकान्द्रे, रामेछापको उमाकुण्ड घर भएका ३७ वर्षीय सुजन कुमार सुनुवार, नुवाकोट घर भएका कुमार राना मगर र दोलखा घर भएका वीर बहादुर श्रेष्ठ छन् । उनीहरूले ललितपुर महानगरपालिका वडा नम्बर–१८ स्थित सिर्जना वैद्यको घरमा चोरी गरेको अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
जेठ २ मा भएको सो चोरीमा संलग्न आरोपी दोलखा घर भएका सुनिल श्रेष्ठ कारागारमा भेटिएका छन् । पक्राउ परेका सिताराम लकान्द्रले चोरेको सुनका गहना किनेका हुन् । उनिहरुको साथबाट प्रहरीले ६ तोला भन्दा बढी सुन बरामद गरेको छ ।
आरोपीमध्येका वीर बहादुर श्रेष्ठ ‘कुमार’ यसअघि चोरी मुद्दामा १५ पटक, अभद्र व्यवहारमा ४ पटक र लागु औषध मुद्दामा १ पटक थुनामा परेको अपराध रेकर्ड भेटिएको छ । कुमार राना मगर विरुद्ध प्रहरीले यसअघि ६ पटक चोरी मुद्दामा अनुसन्धान गरेको थियो । सुजन कुमार सुनुवार यसअघि ७ पटक चोरी र एकपटक लागु औषध मुद्दामा पक्राउ परेका थिए ।
कारागारमा भेटिएका सुलिन कुमार श्रेष्ठले यसअघि ८ वटा चोरी, दुईवटा डाँकाचोरी, एक पटक लागु औषध र ३ पटक अभद्र व्यवहारको मुद्दा खेपिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण