यु-१५ विद्यालय खेलकुद : अनुज र सरितालाई स्वर्ण
कास्की । मधेश प्रदेशका अनुजकुमार साह र कर्णाली प्रदेशकी सरिता शाहीले यु–१५ विद्यालय खेलकुदको एथलेटिक्समा बुधबार स्वर्ण जितेका छन् । लङजम्पको छात्रमा अनुज र छात्रामा सरिताले स्वर्ण जितेका हुन् ।
पोखरा रंगशालामा अनुजले ६.११ मिटर जम्प गरे । सुदूरपश्चिम प्रदेशका वरुण दत्त रानाले रजत तथा लुम्बिनी प्रदेशका श्लोक हरिजनले कांस्य जिते । सरिताले ४.६१ मिटर जम्प गरिन् । कोशी प्रदेशकी निकिता एक्तेल लिम्बू दोस्रो तथा गण्डकी प्रदेशकी सुजना कुमाल तेस्रो भए ।
राष्ट्रिय खेलकुद परिषद् तथा प्रदेश खेलकुद परिषद्, गण्डकीद्वारा संयुक्त आयोजित प्रतियोगिताको छात्र ४ सय मिटर दौडमा सुदूरपश्चिमका वरुण दत्त राना पहिलो भए । उनले निर्धारित दूरी ५८.६२ सेकेन्डमा पूरा गरे । मधेसका दीपेश साह दोस्रो तथा लुम्बिनीका सुशान्त थारु तेस्रो भए । सो स्पर्धाको छात्रामा कर्णालीकी कृष्णा रानाले स्वर्ण चुमिन् । कृष्णाले निर्धारित दूरी तय गर्न १ मिनेट ०४.२९ सेकेन्ड समय खर्चिन् । बागमती प्रदेशकी भगवती खड्काले रजत तथा लुम्बिनीकी कमला वलीले कांस्य हात पारे ।
छात्र १ सय मिटर दौडमा लुम्बिनीका शुभन बमरेल पहिलो भए । आफ्ना प्रतिद्वन्द्वीलाई उछिन्ने क्रममा शुभनले ११.४६ सेकेन्ड समय निकाले । मधेसका अर्जुन शाह दोस्रो तथा कोशीका राजन वान्तवा राई तेस्रो स्थानमा रहे । उक्त स्पर्धाको छात्रामा गण्डकीकी एन्जल अधिकारी शीर्ष स्थानमा रहिन् । एन्जल निर्धारित दूरी १३.५६ सेकेन्डमा पूरा गरिन् । लुम्बिनीकी आरुषी भट्टराईले रजत तथा बागमतीकी मुस्कान चौधरीले कांस्य जिते ।
एथलेटिक्सको पहिलो दिन ६ स्वर्णको टुङ्गो लाग्दा ५ प्रदेशले स्वर्ण जितेका छन् । कर्णालीले २ तथा मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमले समान १–१ स्वर्ण जितेका छन् । जम्मा १४ स्पर्धा समावेश एथलेटिक्सको बाँकी ८ स्पर्धाको फाइनल प्रतियोगिताको अन्तिम दिन बिहीबार हुनेछ । सातै प्रदेशबाट ७६ खेलाडी सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण