५ मिनेटमा गीत, ५ सेकेण्डमा संगीत !
मुम्बई । ‘एक लड्की को देखा तो ऐसा लगा’ यो गीत अहिले पनि दर्शकमाझ उत्तिकै प्रिय छ । अनिल कपूर र मनीषा कोइराला अभिनित फिल्म ‘१९४२ः ए लव स्टोरी’ को यो ‘आइकोनिक’ गीतले एक समय तहल्कै मच्चाएको थियो ।
तर कमैलाई थाहा होला, यो गीत ५ मिनेटमा लेखिएको थियो । गीतकी कोरियोग्राफर फराह खानले एक अन्तरवार्तामा गीतबारे रोचक कुराहरुको खुलासा गरेकी छन् । उनका अनुसार गीतकार जावेद अख्तरले यो गीत ५ मिनेटमै लेखेका थिए ।
‘जावेद अंकल एक खाली कागजका साथ भित्र आउनुभयो । उहाँले केही लेख्नुभएको थिएन । उहाँ भूलिनु भएको थियो । उहाँ यस्तो जहिल्यै पनि गर्नुहुन्थ्यो । उहाँ होमवर्क गर्नुहुन्थ्यो’, फराहले भनेकी छन्,, ‘जब आउनुभयो अनि उहाँले ‘कुरा के हो । फेरी भन’ भन्नुभयो । उहाँलाई अनिल कपूर र मनीषा कोइरालाका सिक्वेन्सको बारेम बतायौं । सिक्वेन्स सुनेपछि उहाँले असिस्टेन्टलाई बोलाउनुभयो भन्नुभयो ‘ठीक छ लेख ‘एक लड्की को देखा तो ऐसा लगा, जैसे खिलता गुलाब’ । बिना नरोकिएरै बोलिरहनुभयो । हामीले उत्कृष्ट गीत लियौं । उहाँले तुरुन्तै कागज दिएर ‘यो लिनु तयार भयो’ भन्नुभयो ।’
उनले जावेदले पाँच मिनेटमा गीत लेखेर दिँदा आफू छक्क परेको बताएकी छन् । ‘दादा(आरडी बरमन)ले म्यूजिक पाँच सेकेण्डमा कम्पोज गर्नुभयो । राम्रो कुराहरु यसरी बन्छन्’, उनले भनेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण