अफगानिस्तानमा १९ प्रतिशत बालबालिका बालश्रममा संलग्न
काबुल । अफगानिस्तानमा १९ प्रतिशत बालबालिका बालश्रममा संलग्न रहेको संयुक्त राष्ट्र सङ्घको मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) को अफगानिस्तान कार्यालयले बुधबार जनाएको छ ।
“श्रम तथा सामाजिक मामिला मन्त्रालयले बालश्रम रोक्न र उनीहरूको परिवारलाई सहयोग गर्न पहल गरिरहेको छ । मन्त्रालयले अनाथ बालबालिकाका लागि तालिम केन्द्रहरू सक्रिय गरेको छ र बालबालिकालाई अन्य सहयोगका साथसाथै व्यावसायिक तालिम पनि उपलब्ध गराएको छ”, मन्त्रालयका प्रवक्ता समिउल्लाह रहिमीले भने ।
अफगानिस्तानको राजधानी काबुलको देहसाब्ज जिल्लामा रहेको इँटा कारखानामा काम गर्ने अफगान बालक फोलादले सिन्ह्वालाई भने, “मलाई विद्यालय जान मन छ, तर म सक्दिन । हामी (हाम्रो परिवार) ऋणमा छौँ र म गरिबीका कारणले मेरो पढाइलाई निरन्तरता दिन सक्दिन । यदि सरकारले मेरो परिवारलाई सहयोग गर्छ भने म विद्यालय जान सक्छु र पढाइ जारी राख्न सक्छु ।”
अफगानिस्तानमा चार दशकको युद्ध र चरम गरिबीले धेरै बालबालिकालाई बालश्रमका रूपमा काम गर्न वा सडकमा कार धुनेदेखि जुत्ता चम्काउनेसम्मको लागि सङ्घर्ष गर्न बाध्य पारेको छ । -(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण