दुर्घटना
बुटवलमा कार दुर्घटना, ३ जनाको मृत्यु
बुधबार, ३० जेठ २०८१, २३ : ००
बुटवल । बुटवलमा कार दुर्घटना परेर ३ जनाको मृत्यु भएको छ । । बुधबार राति ९ बजे भएको कार दुर्घटनामा ३ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १० का ५५ वर्षीय रामप्रसाद शर्मा, तिलोत्तमा नगरपालिका ३ की ६७ वर्षिया आशा श्रेष्ठ र सोही स्थानकी ५० वर्षीया भगवती श्रेष्ठ रहेका छन् ।
बुटवलसँग जोडिएको पाल्पाको तिनाउ गाउँपालिकाको नुवाकोटबाट बुटवलतर्फ आउँदै गरेको लु २ च ८५३१ नम्बरको कार सडकबाट झण्डै १ सय मिटर तल खस्दा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । नुवाकोट घुम्न गएकाहरु सवार कार दुर्घटना भएको इलाका प्रहरी कार्यलय बुटवलले जनाएको छ।
दुर्घटनामा बुटवल मिलनचोककी चन्दा श्रेष्ठ र बुटवल ११ होराइजन चोककी लक्ष्मीता श्रेष्ठ घाइते भएका छन्। उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्वर्णिम र रविको फरक विचारले रास्वपामा लोकतान्त्रिक बहसको ढोका खोलेको छ’
-
युरोपको भिसा लागेको पासपोर्ट थानकोटबाट बरामद, छुटाउन ६ लाख माग्ने दुईजना पक्राउ
-
विद्यालय तहमा उपभोक्ता शिक्षा सचेतना कार्यक्रम
-
विद्यालय तहको पाठ्यक्रम प्रारूप पुनरवलोकन गर्न सुझाव माग
-
२०० करोडको सम्पत्ति शुद्धीकरण मुद्दामा ज्याकलिनले पाइनन् राहत
-
सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण