चक्कु प्रहारबाट गम्भीर घाइते खड्काको भारतमा मृत्यु
दाङ । चक्कु प्रहारबाट गम्भीर घाइते भएका तुलसीपुर–४ निवासी २४ वर्षीय गोरखलाल खड्काको उपचारको क्रममा आज मृत्यु भएको छ ।
भारतको लखनउमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका खड्कालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको थियो । नेपालगञ्जले पनि उपचार सम्भव नभएको भन्दै भारत पठाएको थियो ।
खड्कालाई मङ्गलबार राति घर नजिकै बसिरहेको अवस्थामा युवाको समूहले ढाडमा चक्कु प्रहार गरेका थिए ।
चक्कु प्रहारमा संलग्न भएको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरले सोही ठाउँका २१ वर्षीय पवन केसी, १८ वर्षीय झक्कु वली र अन्दाजी २२ वर्षीय विकाश पुनलाई पक्राउ गरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय धान दिवसमा ७५ लाख लिटर दही खपत हुने अनुमान
-
महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह
-
नेपाली फुटबल निलम्बनमा पर्नु एन्फा पदाधिकारीकै गैरजिम्मेवारीपन : सदस्यसचिव मेहता
-
मानव–वन्यजन्तु द्वन्द्व रोक्न वृक्षरोपण अभियान
-
एनभीएलमा सहभागी हुने फ्रेन्चाइज भलिबल टिमको नाम सार्वजनिक
-
सात महिना यताकै न्यूनस्तर नजिक ओर्लियो सुनको भाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण