नेप्से सूचक ९.३२ अंकले घट्यो, ६ अर्ब ४४ करोडभन्दा बढीको कारोबार
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा उच्च कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ९.३२ अंकले नेप्से सूचक घटेपनि कारोबार भने ६ अर्ब ४४ करोड ३० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको हो । १ करोड ४२ लाख ९४ हजार ७१२ कित्ता सेयर किनबेच हुँदा सो बराबरको रकम कारोबार भएको हो ।
नेप्से सूचक ९.३२ अंकले घटेर २११२.२९ को विन्दुमा झर्दा आज नेपाल फाइनान्स लिमिटेड र एनआरएन इन्फास्ट्रक्चर डेभलपमेन्ट कम्पनी सेयर कारोबार उच्च रहेको छ ।
आज यी दुई कम्पनीको सेयर क्रमशः २८ करोड ४७ लाख रुपैयाँ र २० करोड ५७ लाख रुपैयाँ भन्दा बढी कारोबार भएको छ । यस्तै संवृद्धि फाइनान्स कम्पनीको १७ करोड ५६ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।
आज डेभलपमेन्ट बैंक समूह र फाइनान्स समूहको उपसूचक बाहेक बाँकी ११ वटा उपसूचक ऋणात्मक भएका छन् । डेभलपमेन्ट बैंक र फाइनान्स समूहको उपसूचक भने क्रमशः १.३१ प्रतिशत र २.०३ प्रतिशतले बढेका छन् ।
९४ कम्पनीको सेयर मूल्य बढ्दा आज १४७ कम्पनीको मूल्य घटेको छ । ५ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ ।
संवृद्धि फाइनान्स कम्पनी र कुथेली बुखारी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य आज १० प्रतिशतले बढेको छ भने मिड सोलु हाइड्रोपावर लिमिटेडको सेयर मूल्य समान १० प्रतिशतले नै घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण