पुँजी वृद्धि र लगानीकर्ता जुटाउन द सेन्चुरियन होटल र नेक्सजेन म्यानेजमेन्टबिच सम्झौता
काठमाडौँ । द सेन्चुरियन होटल, बिराटनगर र नेक्सजेन म्यानेजमेन्टबीच पुँजी वृद्धि, लगानीकर्ता जुटाउने र होटल सञ्चालन सम्बन्धमा सम्झौता भएको छ।
सो सम्झौता ज्येष्ठ ३० गते सेन्चुरी ग्रुप अफ कम्पनीको ज्ञानेश्वरस्थित कार्यालयमा भएको हो। सम्झौता पत्रमा सेन्चुरीयन होटलको तर्फबाट अध्यक्ष मोतीलाल दुगड र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराईले हस्ताक्षर गरे ।
विराटनगर धरान रोडस्थित सहरको केन्द्रबिन्दुमा द सेन्चुरियन होटलको १० तले भवन निर्माण सम्पन्न भैसेको छ। भवनमा व्यावसायिक प्रयोजनका पसलहरू, सभा सम्मेलन, विवाह व्रतबन्धको लागि बैंकेट हल समेत उपलब्ध हुनेछ। सोहि भवनको चार ततलादेखि माथि पांच तारेस्तरको १४६ कोठाको र्याडिसन विराटनगर होटल सञ्चालन हुनेछ।
होटल संचालनको लागि अन्तर्राष्ट्रिय ब्राण्ड र्याडिसन होटल ग्रुपसँग जुलाई २०२२ मा सम्झौता भैसकेको छ। नेपालका प्रतिष्ठित उद्योगपति तथा पूर्व मन्त्री मोतीलाल दुगडको नेतृत्वमा सेन्चुरी ग्रुप अफ कम्पनी अन्तर्गत यो पाँच तारे होटल सञ्चालन हुनेछ ।
होटललाई पाँच तारे तथा अन्तर्राष्ट्रिय स्तरको बनाउन र अन्य थप आवश्यक निर्माण र साजसज्जाको लागि थप पुँजी आवश्यक पर्छ। सोहि उद्देश्यको लागि कम्पनीको पुँजी वृद्धि गर्न, थप संस्थापक लगानीकर्ता ल्याउन तथा अन्य आवश्यक व्यवस्था गर्न नेक्सजेन म्यानेजमेन्टसँग सम्झौता गरिएको जनाइएको छ ।
साथै सोहि सिलसिलामा कम्पनीको पुँजी वृद्धि गर्न र सर्वसाधारणलाई शेयर निष्कासनको प्रावधान सहित लिमिटेड कम्पनीमा परिणत गर्ने प्रक्रिया पनि अगाडि बढाइसकेको जनाइएको छ।
नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स पूर्व बैंकरहरू समेतको लगानीमा स्थापित सम्पत्ति व्यवस्थापन र व्यावसायिक परामर्शदाता कम्पनी हो। यसले ठुला, मझौला टाइपका उद्योग व्यवसायको स्थापना, सञ्चालन व्यवस्थापनमा परामर्श सेवा दिँदै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण