बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

मधेस प्रदेशको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

बिहीबार, ३१ जेठ २०८१, २१ : १७
बिहीबार, ३१ जेठ २०८१

धनुषा । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेशसभामा पेश गरेको वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशसभाको आज बसेको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिँदै प्रदेशसभाका सदस्यहरुले राखेको सुझाव बजेटमा समेट्ने प्रतिबद्धता गरे ।

उनले मधेस प्रदेश सरकारले बोलेर होइन काम गरेर देखाउने हुँदा काम गर्ने वातावरण बनाउनका लागि सहयोग गर्न आग्रह गरे । यसअघि नीति तथा कार्यक्रममा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंहले राखेको संशोधन प्रस्ताव फिर्ता लिएका थिए ।

मुख्यमन्त्री सिंहले पारित गर्नका लागि प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रमलाई उपसभामुख बबिताकुमारी  राउतले निर्णायार्थ पेश गरेकी थिइन् । उक्त प्रस्ताव ध्वनि मतको आधारमा सर्वसम्मतिले पारित गरिएको हो ।

गत मङ्गलवार मधेस प्रदेशसभामा मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेश सरकारको नीति तथा कार्यक्रम पेश गरेकी थिइन् र

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप