आँप र केरा पकाउन रसायन प्रयोग नगर्न विभागको आग्रह
शुक्रबार, ३२ जेठ २०८१, १७ : १८
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आँप र केरा लगायतका फलफूल पकाउन कार्वाइड (एसिटिलिन ग्यास) रसायनको प्रयोग नगर्न आग्रह गरेको छ ।
हाल बजारमा नेपाली उत्पादन आउने समय भएकाले आँप र केरा लगायतका फलफूल पकाउन कार्वाइडको प्रयोग नगर्न आग्रह गरिएको हो ।
खाद्य नियमावली, २०२७ को नियम १९ (घ) बमोजिम कार्वाइडको प्रयोग गरी कृत्रिम रुपमा फलफूल पकाउन तथा बिक्री वितरण गर्न निषेध गरिएकाले सो नियम पालना गर्न विभागको सूचनामा उल्लेख छ ।
आँप/ केरा लगायतका फलफूल खरिद गर्दा कार्टुन वा क्रेटमा कार्वाइड पाइएमा त्यस्ता फलफूल खरिद नगर्न, विभाग वा मातहतका कार्यालयमा जानकारी गराउन समेत आग्रह गरेको छ ।
साथै फलफूल उपभोग गर्दा सफा पानीले राम्ररी पखालेर मात्र उपभोग गर्नसमेत आम नागरिकलाई विभागको आग्रह छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण