कोशी प्रदेशको बजेट आज दिउँसो ३ बजे संसदमा प्रस्तुत हुने
शनिबार, ०१ असार २०८१, ०९ : १२
विराटनगर । संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारहरूले आज आगामी आर्थिक वर्ष २०८१-८२ को बजेटको सार्वजनिक गर्दै छन् । कोशी प्रदेशको बजेट दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत हुने सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए ।
यसअघि नै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले ३४(३५ अर्बको बजेट आउन सक्ने बताएका थिए । चालू आर्थिक वर्षका लागि ३६ अर्बको बजेट कार्यान्वयन भइरहेको छ ।
सङ्घबाट प्राप्त हुने विभिन्न अनुदान शीर्षकमा कम बजेट राखिएको कारण चालु आर्थिक वर्षको बजेट भन्दा आगामी आर्थिक वर्षको बजेट घट्न सक्ने सरकारकै अधिकारीहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण