कोशीमा ८० प्रतिशत बजेट खर्च हुने अनुमान, आर्थिक वृद्धिदर ३.५१ पुग्ने
विराटनगर । कोशी प्रदेश सरकारले चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.५१ प्रतिशत पुग्ने अनुमान गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रदेशसभामा बजेट प्रस्तुत गर्दै उक्त अनुमान गरेका हुन् ।
उनले चालू आर्थिक ३६ अर्ब ७४ करोड ३५ लाखमध्ये सशर्त अनुदानमा ७ करोड ५५ लाख थप भई कूल बजेट ३६ अर्ब ८१ करोड ९० लाख कायम भएको बताए । यस्तै वैशाख मसान्तसम्ममा कूल खर्च १५ अर्ब ८८ करोड २३ लाख भएको छ ।
गत वर्षको सोही अवधिमा १९ अर्ब ७ लाखको तुलनामा ५ प्रतिशतले कमी आएको हो । वैशाख मसान्तसम्ममा ४३ प्रतिशत बजेट खर्च भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४८ प्रतिशत खर्च भएको थियो । चालू आर्थिक वर्षको अन्तिमसम्ममा ८० प्रतिशत भन्दा माथि खर्च हुने अनुमान मगरले गरेका छन् ।
चालू आर्थिक वर्षमा आन्तरिक राजस्व ४ अर्ब ५७ करोड सङ्कलन हुने अनुमान गरिए पनि वैशाख मसान्तसम्ममा ३ अर्ब ३ करोड २३ लाख सङ्कलन भएको छ । गत आर्थिक वर्षमा भने २ अर्ब ९४ करोड प्राप्त भएको थियो । राजस्व सङ्कलनमा भने ३ प्रतिशत भन्दा बढीले वृद्धि भएको मगरले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण