उद्योगका उत्पादनहरु ढुक्कसँग उपभोग गर्न यशोदा फुड्सको आग्रह
काठमाडौँ । यशोदा फुड्स प्रालिले आफ्ना उद्योगका उत्पादनहरु ढुक्कसँग उपभोग गर्न आम उपभोक्ताहरुलाई आग्रह गरेको छ । उद्योगले एक विज्ञप्ति जारी गर्दै आफ्नो उत्पादनको गुणस्तरमा विशेष सजगता अपनाइ आएको स्पष्ट पार्दै उद्योग स्वच्छ व्यापारीक प्रतिस्पर्धाबाट अगाडि बढ्न चाहेको बताएको छ ।
उद्योगलाई बदनाम गराउन प्रायोजित रुपमा हुँदै नभएको विषयलाई अतिरन्जीत तरिकाले भ्रम गरी प्रसारण गर्नेहरु प्रति उद्योग सजग रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
उद्योगले हालैका दिनमा केही व्यक्तिहरुले सामाजिक सञ्जालको दूरुपयोग गरी कपोलकल्पीत प्रचार गरेको पाइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘यस्ता मनोगढंत, कपोलकल्पीत र काल्पनीक कुराहरुको पछाडि नलागि यस उद्योगका उत्पादनहरुको उत्पादन मिति चेकजाँच गरी ढुक्कसँग उपभोग गर्नुहुन र बजारमा म्याद समाप्त भएका अर्थात उपभोग मिति समाप्त भएका उत्पादन प्रयोग नगर्न समेत सादर अपिल गर्दछौँ’, उद्योगले भनेको छ । उद्योगले कपोलकल्पीत सूचना सम्प्रेषण गर्नेहरु विरुद्ध प्रचलित साइबर कानुन लगायतका प्रचलित नेपाल कानुन बमोजिम कारबाही गर्नका लागि आवश्यक पहल कदमी लिइसकेको पनि विज्ञप्तिमार्फत जनाएको छ ।
कम्पनीले अकबरे खुर्सानी, गुन्द्रुक, तामा, टिमुर, फापर, कोदो, नेपाली उद्योगबाट उत्पादित मैदा लगायतका विभिन्न कृषि उपज प्रयोग गरी नेपालमा नै अन्तर्राष्ट्रियस्तरको स्वादिलो चाउचाउ लगायतका विभिन्न स्न्याक्स स्न्याक्सहरु उत्पादन गरी ठूलो धनराशी विदेश जानबाट रोक्नुका साथै करीव १ हजार नेपाली लाई प्रत्क्षय रुपमा रोजगारी दिँदै आएको छ ।
यस्तै यशोदा फुड्सका उत्पादनहरु स्वदेश तथा भारत, जापान, युएई, बहराईन, न्यूजिल्याण्ड, अमेरीका, अष्ट्रेलिया, मलेसिया, भुटान, कुवेत, कतार, बेलायत, सिंगापुर, तिब्बत, चाइना, कोरिया, क्यानाडा, इटाली लगायतका देशहरुमा समेत निर्यात हुने गरेको छ । नेपाल सरकारले जारी गरेको खाद्य सुरक्षा मापदण्ड बमोजिम उत्पादन गरी बजारमा पठाई रहेको कम्पनीले ६० करोड नेपाली रुपैया भन्दा बढीका उत्पादन चालु वर्षमा विभिन्न देशमा निर्यात समेत गरेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण