फेन्सिङमा मीनलाई स्वर्ण
मङ्गलबार, ०४ असार २०८१, १९ : २९
काठमाडौँ । नेपाल आर्मीका मीन कार्कीले छैटौँ राष्ट्रिय फेन्सिङ प्रतियोगिताको पुरुष व्यक्तिगत इपीमा मंगलबार स्वर्ण जितेका छन् । एपीएफका जंग गिरी दोस्रो तथा बागमती प्रदेशकाद्वय टार्जन दाहाल र शुलभ सुनुवार तेस्रो भए ।
नेपाल फेन्सिङ संघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताको महिला व्यक्तिगत फोइलमा बागमतीकी गोमा आचार्य पहिलो भइन् । एपीएफकी मन्दिरा थापा दोस्रो तथा आर्मीकी आशा गुरुङ र एपीएफकी अनिता अधिकारी तेस्रो बने ।
महिला टिम इपीमा एपीएफ पहिलो, गण्डकी दोस्रो तथा सुदूरपश्चिम प्रदेश र कोशी प्रदेश तेस्रो भए । प्रतियोगिता बुधबार सम्पन्न हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण