न्युरोडलाई सवारी निषेधित क्षेत्र बनाउन लागिएको भन्दै स्थानीयको प्रदर्शन (तस्बिरहरू)
काठमाडौँ । काठमाडौँ महानगरले न्युरोड क्षेत्रलाई नो भेहिकल जोन बनाउन लागेको विरोधमा बुधवार प्रदर्शन भएको छ । स्थानीय तथा व्यापारीहरूले महानगरको योजनाको विरोधमा प्रदर्शन गरेका हुन् ।
_HsqelHDsT6.jpg)
काठमाडौँ महानगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार र राजधानीको व्यापारिक केन्द्रका रूपमा रहेको नयाँ सडक (न्युरोड) क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउने योजना हालै आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको थियो । महानगरपालिकाले नयाँ सडक क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउन विभिन्न चरणमा योजना तयार गरेको जनाएको थियो ।
_cXgzYAdhFJ.jpg)
काठमाडौँ महानगरपालिकाले आम नागरिकको सहज आवागमन, सहरी सौन्दर्यीकरण तथा ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यसहित योजना बनाएको भए पनि यसको विरोध भएको हो । महानगरले सवारी निषेधित क्षेत्र बनाउने योजना अन्तर्गत नै पहिलो चरणमा नयाँ सडकको पार्किङ हटाइएको थियो ।
दोस्रो चरणमा यात्रु चढाउने र ओराल्ने (पिक एन्ड ड्रप) प्रणाली लागु गर्नुपर्ने भन्दै महानगरले त्यसको लागि आवश्यक तयारी भइरहेको जनाएको छ ।
_IvsBr4H941.jpg)
_X3zzHWkN7X.jpg)
_UkbUB4UesK.jpg)
_PR0KC5He82.jpg)
_fHLH1RzvbX.jpg)
_bApTidcL1J.jpg)
_YmomROcbSc.jpg)
_uguADLf0sb.jpg)
_mxfbAQObs6.jpg)
_a7kKOqlPUE.jpg)
_naQ57THlUe.jpg)
_AfgxUSS4H6.jpg)
_3BUsrTbfKg.jpg)
_zva2AkkmNh.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण