बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

अमेरिकाका ८ राज्यमा ‘अब नाच्छ अमेरिका’

बुधबार, ०५ असार २०८१, १३ : ५६
बुधबार, ०५ असार २०८१

काठमाडौँ । हरितालिका तीजको अवसर पारेर अमेरिकाका ८ राज्यमा ‘अब नाच्छ अमेरिका’ कार्यक्रम हुने भएको छ । 

फ्लाई नेपाले यसअघि आयोजना गरेको ‘अब हाँस्छ अमेरिका’ कार्यक्रमको सफलता पछि ‘अब नाच्छ अमेरिका’ आयोजना गर्न लागेको हो ।

फ्लाई नेपाका सिइओ विनोद अधिकारीका अनुसार ‘अब नाच्छ अमेरिका’मा गायिका शान्ति श्री परियार, रचना रिमाल र ज्योति मगरले दर्शक नचाउनेछन् । 

कार्यक्रममा मोडल करिष्मा ढकालको नृत्य प्रस्तुति रहनेछ ।

‘तीजको सम्झना बोकेर अमेरिकामा बसिरहनु भएका सम्पूर्ण नेपालीलाई गाउँघर सम्झाउने र रमाइलो गराउने हाम्रो उद्देश्य हो । यसले कुनै न कुनै रूपमा नेपाली गीत सङ्गीतको प्रवर्द्धनमा पनि भूमिका खेल्ने विश्वास लिएको छु,’ अधिकारीले भने ।

आयोजकका अनुसार अमेरिकाका न्युयोर्क, वासिङ्टन डिसी, ओहायो, कोलोराडो, बोस्टन, पेन्सेल्भेनिया, सिकागो र क्यालिफोर्नियामा कार्यक्रम तय भइसकेको छ । 

‘अब हाँस्छ अमेरिका’ यसै वर्षको जनवरीदेखि फेब्रुअरीसम्म अमेरिकाका १४ राज्यमा सञ्चालन भएको थियो । यो कार्यक्रममा सन्दिप क्षेत्री, भरतमणि पौडेल, सुमन कार्की, कैलाश कार्कीलगायतका कमेडियनले दर्शक हँसाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप