विष्ट हत्या घटना : थप एकजना पक्राउ
बैतडी । बैतडीको पाटन नगरपालिका–६ का ४५ वर्षीय विरभान विष्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले बुधबार थप एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाटन–६ का २६ वर्षीय आशिष पहरी रहेका छन् ।
प्रहरी टोलीले भागिरहेको अवस्थामा पाटन–५ कुवापानी जङ्गलबाट पहरीलाई पक्राउ गरेको प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ नायव निरीक्षक भुपाल थापाले जानकारी दिए । मृतक विरभानका आफन्तले पाँच जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । उनीहरु सबै पक्राउ परेको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।
पहरीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि पाटन–६ की ३६ वर्षीया भागरथी विष्ट, पाटन–१ का राजेन्द्र भट्टराई र किशोर भट्टराई तथा पाटन–६ कै भरतमोहन विष्टलाई पक्राउ गरिसकेको छ । जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यही असार १ गते शनिबारदेखि बेपत्ता विरभान विष्टको शव सोमबार दिउँसो पाटन–६ घाङल खोलामा फेला परेको थियो । भागरथीले विष्टको हत्या गरेको प्रहरी समक्ष स्वीकार गरिसकेकी छिन् । काठको चिरपटले हानेर विरभानको हत्या गरेको उनले प्रहरी समक्ष बयान दिएकी छिन् । भागरथी स्थानीय सहस्त्रलिङ्ग आधारभूत विद्यालयकी शिक्षिका हुन् भने मृतक विष्ट ट्रक चालक हुन् । हत्याको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरदैलोमै एकीकृत सेवा पाउँदा स्थानीय खुसी
-
टर्कीको एक उड्डयन कम्पनीमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु
-
जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता
-
विदेशी मुद्राको विनिमय दर : आज कुनको मूल्य कति ?
-
कालीगण्डकी जलविद्युत् : लागत दुई खर्ब २४ अर्बभन्दा बढी
-
बिगो निर्धारण निर्देशिकामा व्यक्तिको सङ्लग्नताका आधारमा मात्रै आरोपीमाथि बिगो तोक्ने व्यवस्था गर्न सुझाव