मुलुकको ११ महिनाको व्यापार घाटा १३ खर्ब १४ अर्ब, कति निर्यात भयो ?
काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा मुलुकको व्यापार घाटा १३ खर्ब १४ अर्ब ४४ करोड पुगेको छ । जेठ मसान्तसम्म कूल १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख ९२ हजार रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गर्दै गर्दा सोही अवधिमा यताबाट जम्मा १ खर्ब ३९ अर्ब २६ करोड २३ लाख ३३ हजार रुपैयाँ बराबरको मात्र वस्तु निर्यात हुन सकेको हो ।
समीक्षा अवधिमा वैदेशिक व्यापारतर्फ आयात र निर्यात गरी कूल १५ खर्ब ९२ अर्ब ९६ करोड ६५ लाख २५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । जुन अघिल्लो वर्षको यसै अवधिको तुलनामा १.९५ प्रतिशतले कमी हो ।
आर्थिक वर्ष २०८०÷८१ को जेठ मसान्तसम्म १६ खर्ब २४ अर्ब ५६ करोड ७६ लाख ७१ हजार रुपैयाँ बराबरको आयात निर्यात भएको थियो । जसमध्ये १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो भने यताबाट १ खर्ब ४३ अर्ब ५८ करोड रुपैयाँ बराबर वस्तु निर्यात भएको थियो ।
अघिल्लो वर्ष यसै अवधिमा १३ अर्ब ३७ अर्ब ३९ करोडभन्दा बढी व्यापार घाटा बेहोरेको मुलुकले यस वर्ष आयात घटेसँगै व्यापार घाटा समेत केही घटेको छ ।
भन्सार विभागका अनुसार जेठ मसान्तसम्मको आयात निर्यात अनुपात १०.४४ प्रतिशत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण