सेयर बजार
साताको सेयर बजार : परिसूचक ४३ अंकले घट्यो, साढे १६ अर्ब भन्दा बढीको कारोबार
शनिबार, ०८ असार २०८१, १६ : २१
काठमाडौँ । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४३.९७ अंकले घटेको छ । यो साताको आइतबारदेखि नै घट्न थालेको नेप्से परिसूचक बिहीबारसम्मको अवधिमा उच्च अंकले घटेर बन्द भएको हो । आइतबार २११२ अंकबाट सुरु भएको नेप्सेको कारोबार बिहीबार २०६८ अंकमा आएर रोकिएको हो ।
आइतबार नेप्से परिसूचक १७.०४ अंक र मङ्गलवार १८.७६ अंकले नेप्से परिसूचक घटेको थियो । सोमबार भने इद परेका कारण सार्वजनिक बिदा थियो । यस्तै बिहीबार १०.४४ अंकले नेप्से परिसूचक घट्यो । बुधवार भने परिसूचक २.२७ अंकले बढेको थियो ।
साताको ४ कारोबार दिनमध्ये तीन कारोबार दिन घटेपछि परिसूचक उच्च अंकले घटेको हो । यो साता १६ अर्ब ६५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
सातामा २ प्रतिशतभन्दा बढीको गिरावट आउँदा कारोबार रकम पनि गत साताको तुलनामा घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण