बौधीमाई नगरपालिकाको उपमेयरसहितले बहिष्कार गरे नगरसभा बैठक

रौतहट । रौतहटको बौधीमाई नगरपालिकाका उपमेयरसहितका जनप्रतिनिधिले नगरसभा बैठक बहिष्कार गरेका छन् ।
मेयर प्रदीप यादवले एकलौटी रूपमा नगर अधिवेशन गर्न खोजेको भन्दै उपमेयर प्रमीलादेवी जयसवालको नेतृत्वमा नगरसभा बैठक बहिष्कार गरिएको हो ।
मेयर यादव र उपमेयर जयसवाल एउटै दल नेकपा एकीकृत समाजवादी पार्टीको टिकटबाट निर्वाचित भए पनि मेयरले मनोमानी गर्न खोजेको आरोप लगाउँदै उपमेयरसहितले नारा जुलुससहित नगर अधिवेशन बहिष्कार गरेका हुन् ।
मेयर यादवले सोमबार नगरपालिकाको सभाकक्षमा नवौँ नगर अधिवेशन आयोजना गरेका थिए । उपमेयर जयसवालसहित बहुमत कार्यपालिका सदस्यले नगरसभा बैठक बहिष्कार गरेका हुन् । यस क्रममा मेयरका समर्थक र उपमेयरका समर्थकबिच केहीबेर धक्कामुक्कासमेत भएको केही जनप्रतिनिधिले बताएका छन् ।
वडा नम्बर ३ का अध्यक्ष मणिभुषण साहले कार्यपालिका बोर्डको बैठकमा नगरसभाबारे छलफल नभएको भन्दै मेयरले एकलौटी रूपमा बैठक बोलाएपछि बहिष्कार गर्नुपरेको बताए । आफूहरूले ३२ जना कार्यपालिका सदस्यको हस्ताक्षरसहित आइतबार नै नगरसभा स्थगन गर्न निवेदन दर्ता गराए पनि मेयरले पेलेर अघि बढ्न खोज्दा प्रतिवादमा उत्रिनु परेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४७ जना सहसचिवको सरूवा, को कहाँ ? (सूचीसहित)
-
आलेविरुद्ध लेखा समितिले पनि थाल्यो छानबिन
-
ट्रम्पका कारण बढिरहेछ सुनको भाउ, कतिमा गएर रोकिएला ?
-
शपथ खाएको २४ घण्टा नबित्दै मधेस मिडिया काउन्सिलका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा
-
५८ करोडको आयात हुँदा १८ हजारको निर्यात ! कहाँ गयो सुपारी ?
-
कक्षा १२ को परीक्षा नरोक्ने निर्णय, कसले के भने ?