बौधीमाई नगरपालिकाको उपमेयरसहितले बहिष्कार गरे नगरसभा बैठक
रौतहट । रौतहटको बौधीमाई नगरपालिकाका उपमेयरसहितका जनप्रतिनिधिले नगरसभा बैठक बहिष्कार गरेका छन् ।
मेयर प्रदीप यादवले एकलौटी रूपमा नगर अधिवेशन गर्न खोजेको भन्दै उपमेयर प्रमीलादेवी जयसवालको नेतृत्वमा नगरसभा बैठक बहिष्कार गरिएको हो ।
मेयर यादव र उपमेयर जयसवाल एउटै दल नेकपा एकीकृत समाजवादी पार्टीको टिकटबाट निर्वाचित भए पनि मेयरले मनोमानी गर्न खोजेको आरोप लगाउँदै उपमेयरसहितले नारा जुलुससहित नगर अधिवेशन बहिष्कार गरेका हुन् ।
मेयर यादवले सोमबार नगरपालिकाको सभाकक्षमा नवौँ नगर अधिवेशन आयोजना गरेका थिए । उपमेयर जयसवालसहित बहुमत कार्यपालिका सदस्यले नगरसभा बैठक बहिष्कार गरेका हुन् । यस क्रममा मेयरका समर्थक र उपमेयरका समर्थकबिच केहीबेर धक्कामुक्कासमेत भएको केही जनप्रतिनिधिले बताएका छन् ।
वडा नम्बर ३ का अध्यक्ष मणिभुषण साहले कार्यपालिका बोर्डको बैठकमा नगरसभाबारे छलफल नभएको भन्दै मेयरले एकलौटी रूपमा बैठक बोलाएपछि बहिष्कार गर्नुपरेको बताए । आफूहरूले ३२ जना कार्यपालिका सदस्यको हस्ताक्षरसहित आइतबार नै नगरसभा स्थगन गर्न निवेदन दर्ता गराए पनि मेयरले पेलेर अघि बढ्न खोज्दा प्रतिवादमा उत्रिनु परेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेक्सिको सिटीमा ठुलो हुरीबतास: मेक्सिको र इक्वेडरबिचको विश्वकप खेल प्रभावित
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
-
मेक्सिकोविरुद्ध इक्वेडर : आज्टेकामा जुझारु घम्साघम्सी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण