युक्रेनमा अमेरिकी सैन्य ठेकेदारहरूलाई खटाउनमा लगाइएको प्रतिबन्ध हटाउने तयारी
वाशिङ्टन डीसी । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासन युक्रेनमा अमेरिकी सैन्य ठेकेदारहरूलाई खटाउनमा लगाइएको प्रतिबन्ध हटाउने नजिक पुगेको छ । अमेरिका सो निर्णयमा पुग्न थालेको भन्दै सीएनएनले समाचार छापेको छ ।
सो मामिलाबारे जानकार चार अमेरिकी अधिकारीहरुले अमेरिका उक्त निर्णयमा पुग्न थालेको समाचारमा जनाइएको छ । युक्रेनी सेनालाई अमेरिकाले उपलब्ध गराएको हतियार प्रणाली जोगाउन र बिग्रिएमा सोको मर्मत सम्भारमा मद्दत गर्न यो कदम चाल्न लागिएको हो ।
युक्रेन नीतिमा यो बाइडेन प्रशासनको अर्को ठूलो फड्को हो । अमेरिकाले रुससँगको युद्धमा युक्रेनी सेनालाई बलियो बनाउन खोजिरहेको छ । यो नीतिमा बाइडेन प्रशासनका अधिकारीहरूले अझै पनि काम गरिररहेको बताइएको छ ।
यसमा बाइडेनले अहिलेसम्म हस्ताक्षर गरिसकेका छैनन् । यसबारे ठोस निर्णय भइनसकेको र कुनै छलफल गर्नु असामयिक हुने एक सरकारी अधिकारीले बताएका छन् ।
युक्रेनमा अमेरिकी सेना नपठाउने विषयमा भने राष्ट्रपति अडिग रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण