सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलाई कारबाही र क्षतिपूर्तिको माग
बारा । जीतपुरसिमरा उपमहानगरपालिकाको दशौँ नगरसभामा सार्वजनिक सम्पत्ति तोडफोड गर्ने जनप्रतिनिधिलाई कारबाहीको माग गर्दै सचेत नागरिक समाजले ध्यानाकर्षण पत्र बुझाएको छ ।
बुधबार उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेलाई ज्ञापनपत्र बुझाउँदै घटनामा संलग्न नगरसभा सदस्यहरूलाई कानुनी कारबाही र भौतिक सम्पत्ति तोडफोड गर्नेबाट क्षतिपूर्ति भराउन माग गरिएको हो ।
‘असार १० गते भएको दशौँ नगरसभाको तेस्रो बैठकमा राज्यको सम्पत्ति संरक्षण गर्ने जिम्मेवारी लिनुभएका जनप्रतिनिधिबाट प्रहरी प्रशासनको बाक्लो उपस्थितिमा भएको घटना खेदजनक र भत्सनायोग्य छ’, ज्ञापनपत्रमा भनिएको छ, ‘यस हर्कतलाई आम जनताले कुन रूपले लिने सोचनीय विषय छ, त्यसको हामी घोर निन्दा एवं भर्त्सना गर्दछौँ ।’
ज्ञापनपत्र बुझ्दै उपमहानगरकी प्रमुख प्रशासकीय अधिकृत काफ्लले नगरसभा व्यवस्थापनमा केही कमजोरी भएकोले त्यस्ता कमीकमजोरी दोहोर्याउन नदिन अगामी दिनमा ध्यान दिने बताएकी छिन् । उनले सार्वजनिक सम्पत्तिको क्षतिपूर्तिको विषयमा कानुनी पक्रिया बुझेर अगाडि बढ्ने बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेक्सिको सिटीमा ठुलो हुरीबतास: मेक्सिको र इक्वेडरबिचको विश्वकप खेल प्रभावित
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
-
मेक्सिकोविरुद्ध इक्वेडर : आज्टेकामा जुझारु घम्साघम्सी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण