कांग्रेस-एमालेबिचको सहमतिले सेयर बजारमा उत्साह
बजार खुलेलगत्तै ८२ अंकमाथि सूचक बढेर मार्केट हल्ट
मङ्गलबार, १८ असार २०८१, ११ : ३२
काठमाडौं । सरकार परिवर्तनबारे कांग्रेस र एमालेबिच सहमति भएसँगै खुलेको मंगलबारको सेयर बजारमा उत्साह देखिएको छ ।
कारोबार खुलेको केही मिनेटमा नै नेप्से सूचक ४ प्रतिशत अर्थात् ८२.४८ अंकले बढ्दै २१ सय ३५.८७ को विन्दुमा उक्लिएको छ ।
नेप्सेको तीब्र उत्साहकाबिच प्रिओपनिङ लगत्तै ४ प्रतिशत माथिले सूचक बढेपछि मार्केट हल्ट (केही समयका लागि बन्द) हुन पुगेको छ ।
एमाले र कांग्रेसको सरकार बन्ने स्थिति बनेसँगै लगानीकर्ताहरु उत्साहित भएको बताइएको छ।
सोमबार राती एमाले र काँग्रेस बिच सत्ता साझेदारीको सहमति भएसँगै अर्थसहित ९ वटा मन्त्रालय एमालेले र गृहसहित १० वटा मन्त्रालय काँग्रेसले नेतृत्व लिने सहमति भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण