बीमा रकम हत्याउन आफ्नै पसलमा चोरी
काठमाडौँ । चितवनको कालिका नगरपालिका–६ मा रहेको एक सुनचाँदी पसलमा भएको चोरीको घटना बीमा रकम ठगी गर्न भएको खुलासा भएको छ । पसलका मालिकले नै योजना बनाएर पसलमा चोरी गर्न लगाएको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।
विनोद सुनारले सञ्चालन गर्दै आएको विनोद सुनचाँदी पसलमा गत असार १ गते चोरी भएको थियो । राति करिब साढे आठ बजे मोटरसाइकलमा आएका दुईजना अपरिचित पुरुषले पसलमा बसिरहेका पसल व्यवस्थापक विजय विश्वकर्मा र बापिधर गौतमलाई खुकुरी र चक्कु घाँटी तेर्साएर पसलमा राखिएको विभिन्न गरगहनाहरू चोरी गरेका थिए ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार करिब २ करोड १७ लाख ५४ हजार ४१५ रुपैयाँ बराबरको सुनचाँदी र हिराको गहना चोरी भएको थियो । चोरीको घटनापछि सीआईबी र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले अनुसन्धान सुरु गरेको थियो । प्रहरी अनुसन्धानबाट पसलका सञ्चालक विनोद सुनार आफैले योजना बनाई बीमा रकम ठगी गर्ने मनसायका साथ चोरी तथा डाँका गर्न लगाएको खुलेको उपरीक्षक बोगटीले बताए ।
प्रहरीले यस घटनामा पाँच जनालाई पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा चितवन ३५ वर्षीय विनोद सुनार, २५ वर्षीय विजय विश्वकर्मा, ५० वर्षीय पूर्णबहादुर विश्वकर्मा, १८ वर्षीय पवनकुमार पासवान र ४२ वर्षीय अन्जना पुडासैनी केसी रहेका छन् ।
सुनारलाई विजय विश्वकर्माले चोरी गर्न सहयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यस्तै, पूर्णबहादुर र पवनकुमार मिलेर पसलमा चोरी गरेको नाटक गरेका थिए । अन्जना पुडासैनी विनोदको मिल्ने साथी भएको र उनले चोरी गरेको धनमाल लुकाउन सहयोग गरेकी थिइन् ।
उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ परिच्छेद–२०, चोरी डाँकासम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको उपरीक्षक बोगटीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण