दोलखामा बाढीमा परेर एक महिला बेपत्ता, माथिल्लो तामाकोशीको उत्पादन बन्द
काठमाडौँ । दोलखाको गौरिशंकर गाउँपालिका ९ गोगाङस्थित रोल्वालिङ खोलामा आएको बाढीमा परेर एक होटल व्यवसायी महिला बेपत्ता भएकी छन् । शुक्रबार राति र शनिबार बिहान परेको अविरल बर्षापछि आएको बाढीमा परेर ६४ वर्षीय जाङमु शेर्पा बेपत्ता भएकी हुन् । बाढीले ३ वटा होटल समेत बगाएको छ ।
बेपत्ता भएकी शेर्पाको खोजी कार्य जारी रहेको दोलखाका पत्रकार दिलबहादुर केसीले जानकारी दिए । उनका अनुसार बाढीले छ्योतछ्योत–सिमीगाउँ–च्छो रोल्पा पदमार्गमा रहेका घर र होटल पुरेको हो । बेलुकादेखि परेको अविरल वर्षाका कारण अहिले पदमार्ग समेत बन्द भएको छ ।
तामाकोशी जलविद्युत आयोजनाको उत्पादन बन्द
अविरल वर्षापछि तामाकोशी नदीको जलसतह बढ्दा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उत्पादन बन्द गरिएको छ । पानीको जलसतह २५० घनमिटरभन्दा माथि पुगेपछि उत्पादन बन्द गरिएको भन्ने सूचना प्राप्त भएको पत्रकार केसीले जानकारी दिए । शुक्रबार राति भने आयोजनाको जलसतह २८५ घनमिटरसम्म पुगेको उनले बताए ।
अहिले भने जलसतह घटेर २५० कै हाराहारीमा आएको उनको भनाई छ । अविरल वर्षा जारी रहेकोले तत्काल जलसतह नघट्ने संकेत देखिएको उनको भनाई छ । जलसतह घट्दै गएमा उत्पादन सुरु गर्न सकिने आयोजनाका कर्मचारीहरुको भनाई उदृत गर्दै केसीले बताए ।
त्यस्तै तामाकोशी नदीले अहिले गोंगरदेखि तल्लो क्षेत्रमा कटान तीव्र पारेको छ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको टेलरेस रहेको क्षेत्रमा पनि बाढीले कटान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशलाई निको कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि
-
सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक स्वीकृत
-
प्रचण्ड भन्छन्– क्रमभङ्ग निरन्तर गरिराख्नुपर्ने हुन्छ
-
नेतृत्व वैधानिक मात्रै कि योग्य पनि ?
-
सुस्ता समस्या समाधान गर्न सरकारसँग अभियानको माग
-
डङ्की रूटको यात्रामा आधारित उपन्यास सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण