डङ्की रूटको यात्रामा आधारित उपन्यास सार्वजनिक
आइतबार, १४ असार २०८३, १६ : १७
काठमाडौं । लेखक डा. चन्द्र गिरीद्वारा लिखित उपन्यास ‘डङ्की : सपनाको कालबाटो’ आइतबार काठमाडौंमा सार्वजनिक गरिएको छ।
उपन्यासको लोकार्पण लेखक गिरीसहित मदन पुरस्कार विजेता साहित्यकार कृष्ण धराबासी, पत्रकार तथा लेखक वसन्त बस्नेत, लेखिका बिना थिङ र साहित्यकार शंकर गिरी पथिकले संयुक्त रूपमा गरेका हुन्।
लोकार्पण कार्यक्रममा वक्ताहरूले उपन्यासले आप्रवासन, राम्रो भविष्यको खोजीमा गरिने जोखिमपूर्ण यात्रा र मानवीय संघर्षलाई यथार्थपरक रूपमा चित्रण गरेको बताए। पुस्तकमा इलामका एक युवाले अमेरिका पुग्ने उद्देश्यले रोजेको ‘डङ्की रूट’ र त्यस क्रममा भोग्नुपरेका विभिन्न अनुभव तथा संघर्षलाई कथा रूप दिइएको छ।
उपन्यास बुकहिल पब्लिकेसन ले प्रकाशन गरेको हो। डा. गिरीका यसअघि ‘मैले नदेखेको सपना’ (आत्मकथा) र ‘संसारको सेरोफेरो’ (यात्रा संस्मरण) प्रकाशित भइसकेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग
-
आगोसँग खेल्ने काम नगर्न रास्वपालाई चेतावनी
-
बालेन सरकारको विकल्पका लागि कम्युनिस्ट एकता जरुरी भयो : वक्ताहरू
-
विश्वकपबाट बाहिरिएपछि उरुग्वे टोलीको चार्टर्ड उडान रद्द
-
सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत
-
नेपालको कम्युनिस्ट आन्दोलन नयाँ अवसर र चुनौतीको सङ्घारमा छ : पूर्वराष्ट्रपति भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण