कोशी प्रदेशलाई निको कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि
जनकपुरधाम । मधेस प्रदेशमा जारी निको कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि कोशी प्रदेशले हात पारेको छ ।
पर्साको वीरगञ्जस्थित टिवी शाह क्रिकेट ग्राउण्डमा आज सम्पन्न फाइनलमा नेपाल एपीएफ क्लबलाई ११ रनले पराजित गर्दै कोशी प्रदेशले उपाधि हात पारेको हो । टस जितेर एपिएफ क्लबले फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको कोशी प्रदेशले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ९८ रनको योगफल खडा गरेको थियो । कोशीका लागि कोशीका काजल श्रेष्ठले अविजित ३८ रन, प्रिन्सा राना मगरले अविजित १६ रन, कप्तान रुवीना क्षेत्रीले १२ रन र लकिता राजवंशीले १० रनको योगदान दिइन् ।
एपिएफका सुमन विष्ट, सवनम राई, कविता जोशी र कप्तान सीता रानामगरले एक/एक विकेट हात पारे । ९९ रनको विजयी लक्ष्य लिई मैदान उत्रेको एपिएफ क्लब १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर ८७ रन मात्र जोड्न सक्यो । एपिएफ क्लबका कविता जोशीले १४ तथा रेवती धामीले १२ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्क जोड्न सकेनन् ।
फाइनल खेलको म्यान अफ द म्याच कोशी प्रदेशका काजल श्रेष्ठ घोषित भइन् । श्रेष्ठ प्रतियोगिताको प्लेयर अफ द सिरिज घोषित हुँदा बागमती प्रदेशका कृष्णा गुरुङ बेस्ट बलर र बागमती प्रदेशकै सोनी पाख्रिन वेष्ट ब्याटर घोषित भएका छन् ।
मधेस प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेस खेलकुद परिषद् तथा नेपाल खेलकुद महासङ्घको संयोजना सम्पन्न प्रतियोगितामा सात वटा प्रदेश र विभागीय टिम एपिएफ टिम गरी आठ टिमको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोयल इनफिल्डद्वारा ‘रोपाइँ महा राइड नेपालगञ्ज २०८३’ सम्पन्न, कृषि, संस्कृति र राइडिङ समुदायको अनौठो संगम
-
नेताहरू हिँडेपछि संसदको अग्रपंक्तिमा बुर्लाकोटी एक्लै
-
उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग
-
आगोसँग खेल्ने काम नगर्न रास्वपालाई चेतावनी
-
बालेन सरकारको विकल्पका लागि कम्युनिस्ट एकता जरुरी भयो : वक्ताहरू
-
विश्वकपबाट बाहिरिएपछि उरुग्वे टोलीको चार्टर्ड उडान रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण